काँसजरीमा खानेपानी सुविधा, स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार १९:१७:३१
१६ असार, रामपुर । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका –४ काँसजरीमा अहिले खानेपानी सुविधा पुगेको छ । ‘रामपुरमा पानी सङ्कट’ शीर्षकको समाचार गत जेठ २९ गते राससमा प्रकाशन भएपछि गाउँमा पानी वितरण प्रक्रिया अगाडि बढाइएको हो ।
नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलो पटक खानेपानी लगिएको छ । अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी छन् । नगरपालिकाले रु पाँच लाख र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर –४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताए ।
नगरपालिकाको केन्द्र नजीकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गथ्र्यो । टोलमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि गाईभैसीलाई खुवाउन र नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्छन ।
स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउछन । रामपुर खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउछन ।
निःशुल्क रुपमा घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन् । पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ । काँसजरी क्षेत्रका करीब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार