को बन्ला नयाँ आईजीपी ? दौडधुप तीव्र
नेपालबहस संवाददाता
असार १६, २०७७ मंगलबार २१:३३:१६
१६ असार, काठमाडौं । असारे झरीसँगै नेपाल प्रहरीमा नयाँ आईजीपीका लागि दौडधुप शुरु भएको छ । वर्तमान प्रहरी महानिरीक्षक अर्थात आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० बर्षे सेवा हदका कारण असार २४ गते अनिवार्य अवकाश पाउँदै छन । उनले बिदा लिएपछि नयाँ आईजीपी को बन्ने भन्ने चासो बढेको छ ।
यसपटक दुईजना मात्रै आईजीपी बन्ने दौडमा छन् । एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल । अबको एक हप्तापछि दुई जनामध्ये एकजना नेपाल प्रहरीको २८ औँ आईजीपी बन्दैछन् ।
यसअघिसम्म आईजीपी दौड आरोप, प्रत्यारोपका साथै अस्वस्थ्य प्रतिष्पर्धामा सिमित छ । तर यसपटक भने त्यति चर्को विवाद छैन । दुईजनामध्ये एकजना आईजीपी बन्ने भन्दै राजनीतिक रुपमा पनि ठूलो दाउपेच छैन । यद्यपी दुबै जनाले भित्रभित्रै राजनीतिक लबिङ तीब्र पारेका छन ।
खासगरी आईजीपी बनाउन गृहमन्त्री, प्रधानमन्त्री र सत्तारुढ पार्टीको नेतृत्व एकमत हुनुपर्छ । धेरैजसाे बार्गेनिङका रुपमा पनि सत्तारुढ पार्टीका अध्यक्ष वा प्रधानमन्त्रीले आफ्नो ‘फेवर’को मान्छेलाई आईजीपी बनाउने प्रचलन छ । तर यसपटक थापा र पाल दुबैको राजनीतिक पृष्ठभूमि स्पष्ट रुपमा खुलेको छैन ।
सम्भावना थापाको बढी, तर…..
शैलेश थापा क्षेत्री प्रहरीमा इमान्दार अधिकृत हुन । उनकाे भित्री साँठगाँठ र चलखेल त्यति धेरै बाहिर आएकाे पनि छैन् । सर्वेन्द्र खनाल आईजीपी रहेका बेला उनी नेपाल प्रहरीको प्रवक्ता थिए । लामो समय प्रहरी हेडक्वार्टरमा बसेका उनको पत्रकारसँग पनि राम्रो सम्बन्ध छ ।
जुनसुकै पत्रकारको फोन पनि सजिलै उठाउने र दिन मिल्नेसम्मका सुचना उपलब्ध गराउने थापा पत्रकार र प्रहरी अधिकारीको रोजाईमा पनि पर्छन । सत्तारुढ नेकपासँग नजिक मानिने थापाको ‘कनेक्सन’ प्रधानमन्त्री ओलीसम्मै छ ।
नेकपाका खास नेताहरुसँग विशेष सम्बन्ध रहेका कारण उनलाई आईजीपी बनाउन प्रधानमन्त्री ओलीलाई खासै गाह्रो छैन । तर यसबीचमा उनका प्रतिष्पर्धी पालले कुनै चलखेल नगरेमा थापा स्वतः नेपाल प्रहरीको २८ औँ आईजीपी बन्नेछन ।
वरिष्ठताका आधारमा पनि थापा पालभन्दा अगाडी छन । राजनीतिक पहुँचमा भन्दा इमान्दार भएर जनताको सेवा गर्न रुचाउने थापा प्रहरी संगठनको छवि उचो पार्न चाहने व्यक्ति हुन । भित्री रुपमा राजनीतिक दलका नेताहरुसँग मिलेर स्वार्थ लिने र खोज्ने प्रवृत्ति थापामा छैन ।
स्पष्ट वक्ता र कुशल प्रहरी अधिकृत भएका कारण पनि उनी अबको आईजीपी बन्ने मुख्य दाबेदार हुन । तर फोहोरी खेल भनेर चिनिने राजनीतिक दाउपेचले कसलाई आईजीपी बनाउँछ भन्ने एकिन छैन । यसअघि प्रहरीमा उच्च योगदान तथा इमान्दारिता देखाएपनि रमेश खरेललाई छाडेर सर्वेन्द्र खनाललाई सरकारले आईजीपी बनाएको थियो ।
नेपाल प्रहरीमा वरिष्ठता मिचेर आफु अनुकुलका व्यक्तिलाई आईजीपी बनाइएका थुप्रै उदाहरण छन । सोही कारण आईजीपी बन्नुअघि प्रहरी अधिकारीले राजनीतिक पहुँच र नेताहरुलाई निकै रिझाउनुपर्ने बाध्यता पनि छ । त्यसमा थापा कति लागिपरेका छन ? भन्ने कुरा उनी आईजीपी भएपछि मात्रै थाहा हुनेछ ।
प्रहरीमा इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा थापाले गरेका थुप्रै काम प्रशंसनीय मानिन्छन । तर प्रहरीमा इमान्दारका नाममा औषत कामलाई प्राथमिकता दिने चलन हराउदै गएको छ ।
तर पनि इमान्दारिता र प्रहरी संगठनको छबि उचो बनाउन मानव स्रोत एवं प्रशासन विभागको नेतृत्वबाटै थापा आईजीपी बन्ने सफल दौडमा छन ।
हरिबहादुर पाल : प्रहरीभित्रको प्रवृत्ति
प्रहरीभित्र हरिबहादुर पाल प्रवृत्ति नै बनेको छ । सेवा अवधिको अधिकांश समय मैदानमा खटिएका हरिबहादुर पाल जब्बर स्वभावका आक्रामक प्रहरी अधिकारी हुन । खासगरी राजनीतिक पहुँच र साँठगाँठमा रमाउने पाल द्वन्द्वकालमा कर्णालीमा खटिएका थिए ।
तत्कालिन नेकपा माओवादीको ‘बंकर’ मानिने रोल्पामै गएर काम गरेका पालसँग फिल्डको अनुभव धेरै छ । तर उनको स्वभाव प्रहरी संगठनभित्र त्यति धेरै पाच्य मानिदैन । अपराध अनुसन्धान तथा कार्य विभागको नेतृत्वमा रहेका पाल आईजीपीको दौडमा कमजोर छैनन् ।
विगतमा प्रजातान्त्रिक धारमा रहेका उनले आफू आईजीपी बन्नैका लागि नेकपाको ‘क्याम्प’मा छिरिसकेका छन । व्यापारिक घरानाका व्यक्तिसँग विशेष सम्बन्ध बनाइराख्ने पाल व्यापारिक स्वार्थमा अगाडी देखिन्छन । खासगरी प्रधानमन्त्री ओलीलाई पटक पटक विवादमा तान्ने यति होल्डिङ्ससँग पालको विशेष सम्बन्ध छ ।
यतिका मालिक स्वर्गीय आङछिरिङ शेर्पा जीवित रहेको खण्डमा उनी स्वतः आईजीपी बन्थे भन्ने केही राजनीतिकर्मीको टिप्पणी छ । शेर्पा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै मृत्युवरण गर्न पुगेका थिए ।
शेर्पाको निधनसँगै पालको आईजीपी बन्ने सम्भावना कमजोर बनेको हो । यद्यपी शेर्पाका नातेदारहरुको प्रधानमन्त्री ओलीसँग राम्रो सम्बन्ध रहेकाले साेही सम्बन्धका भरमा पाल आईजीपी बन्न पनि बेर लाग्दैन । तर यसका लागि नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलको कम्तीमा समर्थन चाहिन्छ ।
त्यसमाथि यति होल्डिङसका कारण पटक पटक विवादमा तानिएका प्रधानमन्त्री ओली यसपटक त्यो आलोचनाबाट बच्न थापालाई नै आईजीपी बनाउन पनि सक्छन । यी अनेकन चाँसो, चिन्ता, चलखेल र दौडधुपका बाबजुद नेपाल प्रहरीको २८ औँ आईजीपी को बन्छ ? भन्ने कुरा एकहप्तापछि सबैलाई थाहै भैहाल्नेछ ।
तर कम्तीमा यसपटक चाँही चलखेल र भनसुनका आधारमा नेपाली प्रहरीलाई बदनाम हुनबाट जोगाउने गरी आईजीपी छानियोस भन्ने सबैको चाहना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार