ओलीले एमाले ब्युताउन लागेको बामदेवको आरोप
नेपालबहस संवाददाता
असार १६, २०७७ बुधबार ०:४०:२२
१६ असार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्युताउन लागेको आरोप लगाएका छन । पार्टी स्थायी समिति बैठकमा बोल्दै बामदेवले आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नेकपा फुटाएर एमाले ब्युताउन लागेको आरोप लगाएका हुन ।
ओलीले झापाकी सन्ध्या अधिकारीलाई नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएको बामदेवको आरोप छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा अधिकारीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको पनि बामदेवको दाबी छ । ओली र एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने सन्ध्या अधिकारी झापाकै हुन ।
मंगलबार स्थायी समिति बैठकमा बोल्ने १७ जनामध्ये १२ जना नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । १२ जना नेतामध्ये ओलीको राजीनामा माग गर्नेमा बामदेव पनि हुन । बामदेवसँगै ओलीको राजीनामा माग गर्नेमा अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, गणेश शाह लगायतका नेताहरु छन ।
ओलीले प्रधानमन्त्रीसँगै पार्टी अध्यक्ष पदबाट पनि राजीनामा दिनुपर्ने नेताहरुको माग छ । त्यसमाथि ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि नेताहरुले राजीनामा माग चर्काएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार