एकीकरण नटुंगिदै फुटको डिलमा पुगेको नेकपा
नेपालबहस संवाददाता
असार १६, २०७७ बुधबार २:१६:१२
समाचार टिप्पणी
१६ असार, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी एकीकरण प्रक्रिया नटुंगिदै विभाजनको ‘डिल’मा पुगेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको अविश्वासले अब नयाँ धार लिएको छ ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताहरुले ओलीको राजीनामा मागेपछि सग्लो पार्टीको कल्पना नै व्यर्थ भएको छ । आजको बैठकमा प्रचण्डलगायत शीर्ष नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले ओलीले काम गर्न नसकेको भन्दै राजीनामा मागेका थिए ।
पार्टी भित्र चर्काे विवाद र घेराबन्दीमा परेका ओलीले केही दिनयता त्यसको छनक पाइसकेका थिए । त्यसैले गएको आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित एउटा कार्यक्रममा ओलीले भारत र केही नेता आफूलाई प्रधानमन्त्री पदबाट अपदस्थ गर्न क्रियाशील भएको आरोप लगाइसकेका थिए ।
ओलीको यो बोली अन्ततः उनकै लागि ‘गलपासो’ बन्यो । आजको बैठकमा बोल्ने नेताहरुले भारतको नाम लिएर आफ्नो सत्ता जोगाउन खोजेको भन्दै पार्टीले नै दुवै पद त्याग्न निर्देशन दिने संकेत गरिसके । यसैक्रममा आजकै बैठकमा नेकपा एमाले व्यूँताउन गरिएको नयाँ तर खतरनाक प्रसंगबारे लामो विवाद भयो ।
झापाकी सन्ध्या अधिकारीको नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि अस्ती परेको निवेदन ओलीकै डिजाइनमा भएको आरोप वामदेवले ‘मुखर’ भएरै लगाए । पार्टीमा अल्पमतमा पर्ने अवस्था आए विभाजन गरेर भएपनि सत्ता टिकाउने ओलीको मनसाय भएको उनले तर्क गरे ।
ती महिला ओली निकट नेतृ भएको भन्दै वामदेवले अब ओलीले सग्लो नेकपाको नेतृत्व गर्ने नैतिक बल गुमाइसकेकाले दुबै पदबाट तत्काल राजीनामा गर्न माग गरेका थिए । ‘ओलीको पछिल्लो गतिविधि र कार्यशैलीले पनि त्यही संकेत गरिरहेको छ । पार्टी भित्र कसैलाई नटेर्ने र एकलौटी गर्ने उनको तयारी देखिन्छ । त्यही भएर उनी सकेसम्म लुट्न तयार भएका छन्’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने ।
नेकपा भित्र विकसित नयाँ राजनीतिक घटनाक्रमले एउटा दिशा पहिल्याउने उनको दावी छ । अब ओलीले पार्टी र सरकार दुबै मोर्चाको नेतृत्व गर्ने सामथ्र्य राख्दैनन् भन्दै उनले त्यसैले पुरानो एमाले ब्यूताएर मध्यावधि निर्वाचनको सिफारिस गर्ने रणनीतिमा रहेको उनको आशंका छ ।
स्थायी कमिटीले उनलाई दुबै पदबाट राजीनामा गर्न निर्देश गर्ने निश्चित रहेको उनको ठम्याई छ । यस्तो अवस्थामा ओलीले राष्ट्रपतिलाई विश्वासमा लिएर मध्यावधिको घोषणा गराउने र नेकपा एमालेमार्फत चुनावमा जाने तयारी रहेको उनी बताउँछन् ।
‘नेकपा भित्र विकसित नयाँ परिस्थितिले ठूलै हंगामा ल्याउने अवस्था रहेको छ । भोलि बस्ने स्थायी कमिटी बैठकमा नेताहरु जसरी प्रस्तुत हुन्छन्, त्यही रुपमा घटनाक्रमले बाटो निर्धारण गर्ने हो’ नाम नखुलाउने शर्तमा ओली पक्षका एक नेताले भने । नेपाली जनताले यत्रो समर्थन गरेको दल र नेतालाई कामै गर्न नदिने अवस्थामा पु¥याएका नेताहरुले यो अवस्थाको जिम्मेवारी लिनुपर्ने उनको तर्क छ ।
हुँदा हुँदा अब प्रधानमन्त्रीको राजीनामा नै माग्ने काम भएको छ, यो गम्भिर षडयन्त्रको एउटा प्रमाण हो भन्दै उनले भारतले चलखेल सुरु गरेको र त्यसमा केही नेपाली नेताको पनि सहभागिता रहेको यसैबाट पुष्टी हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार