शिशुलाई जङ्गलमा फाल्ने युवायुवती पक्राउ
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १४:५३:०
१७ असार, गलकोट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए। युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि पक्राउ गरिएको भण्डारीले बताए । उनीहरुको पहिलेदेखिनै अवैध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए। बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार