तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १५:५१:३७
१७ असार म्याग्दी । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण भएको छ । रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरेर शरीरलाई डुबाएर स्नान गर्न मिल्ने दुई पोखरी निर्माण भएको हो ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी बनाइएको उपभोक्ता समितिका अध्यक्ष दिलप्रसाद पुनले जानकारी दिए । एउटामा २० र अर्कोमा १० जना बस्न सक्ने क्षमताको पक्की पोखरी बनाइएको छ । पोखरी बनाउन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो । कोरोनाको जोखिम र बन्दाबन्दीका बीच पनि स्थानीय मजदुरलाई परिचालन गरेर पोखरी बनाएको अध्यक्ष पुनले बताए ।
दर्मीजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान छ । सो मुहानको पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, बज्रिएको, सुन्निनेजस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । यसअघि त्यहाँ एक मात्र पोखरी थियो । पर्यटकलाई लक्षित गरेर नयाँ पोखरी बनाएको स्थानीय युवा सुविन शेरपुजा पुनले बताए ।
दर्मीजा आउने पाहुना र पर्यटकलाई तातोपानीको पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइने उनले बताए । पोखरी नजिकै आकर्षक झरना पनि छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सो योजनाका लागि बजेट विनियोजन भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत दर्मीजामा सिँचाइ आयोजना निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको शिक्षासम्बन्धी कार्यालयको सहयोगमा शिव आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । गाउँपालिका र वडा कार्यालयले विनियोजन गरेको रु १५ लाख बजेटबाट दिपशिखा युवा क्लबको खेलमैदान ढलान गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार