जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई २४ वर्ष कैद
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १७:१३:१
१७ असार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो ।
तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए ।
पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहँुमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला गरेको हो ।
साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको फैसला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार