नेकपा भित्रको अन्तर्द्वन्द्व थप पेचिलो
कुसुम सेञ्चुरी
असार १७, २०७७ बुधबार १७:३०:५६
१७ असार, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तर्कलह संगीन र पेचिलो बन्दै गएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अन्य शीर्ष नेताहरुबीच चुलिएको अविश्वास र संकटले नेकपा फेरि विभाजनको दिशामा अग्रसर भएको छ ।
प्रधानमन्त्री ओलीलाई एक्ल्याएर जारी स्थायी कमिटी बैठकमा दुबै पदबाट राजीनामा मागिएपछि परिस्थिति जटिल बनेको हो । हिजोको स्थायी कमिटी बैठकमा ओलीविरुद्ध शीर्ष नेताहरु एकमुख लागेर ओलीको उछित्तो काढेपछि पार्टीको भविष्य नै कता जाने हो भन्ने यकिन गर्न मुश्किल भएको छ ।
आज पनि स्थायी कमिटीको बैठक जारी रहने छ । तर हिजोको परिस्थितिले बेचैन बनेका ओलीले आज सखारै सरकारी निवासमा मन्त्रिपरिषदका सदस्य र केही प्रभावशाली स्थायी कमिटी सदस्यलाई परामर्शका लागि बोलाए थिए । विकसित परिबेशमा कसरी अगाडि बढ्ने भन्ने विषयकै छलफल केन्द्रित थियो । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय मन्त्रीहरुलाई भने बिहान बालुवाटार डाकिएको थिएन ।
अनौपचारिक बैठक भनिएको सो छलफलमा माधव नेपाल पक्षीय भनेर चिनिएका मन्त्रीद्वय योगेश भट्टराई र घनश्याम भुषाल भने निम्त्याइएका थिए । भोलिका दिनमा कसरी अगाडि बढ्ने र सरकारविरुद्ध उठ्ने प्रश्नको कसरी सामना गर्ने भन्ने अजेण्डा नै छलफलको मुख्य विषयवस्तु थियो ।
भारतले आफूलाई हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न रहेको आरोप लगाएका ओलीलाई त्यही बोली निल्नु न ओकल्नु भएको छ । हिजोको स्थायी कमिटी बैठकमा अधिकांशले त्यही कुरा समाएर ओलीको राजीनामा मागे । त्यसमाथि सोमबार मात्रै नेकपा एमाले नाम भएको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको प्रसंगले पनि ठूलै चर्चा पाएको थियो ।
ओली निकट मानिएका मानिसहरु संलग्न रहेको सो पार्टीलाई पुनर्जीवित गर्न प्रधानमन्त्री नै लागेको प्रमाण आफूसँग रहेको भन्दै उपाध्यक्ष वामदेव गौतमले चुनौती दिएपछि बैठकमा अझै रन्कारन्की भएको थियो । यो अवस्थामा ओली एक्लो बनेका छन् । सचिवालय बैठकका वहुमत सदस्यले ओलीको राजीनामा नै मागिसकेको अवस्था छ ।
अब कसरी जाने त ? भन्दै हिजै साँझदेखि ओली छटपटिएका छन् । स्थायी कमिटी बैठकबाट बाहिरिएका ओली सिधै राष्ट्रपति निवास शीलत निवास पुगेका थिए । हिजै स्थायी कमिटी सुरु हुनु अघि पनि उनी राष्ट्रपतिलाई भेट्न गएका थिए । एकै दिन दुुई पटक त्यो पनि यस्तो अवस्थामा राष्ट्रपतिलाई भेटेपछि ओलीले केही नयाँ कदम पो चाल्ने हुन् की भन्ने आशंका बढेको पनि छ । यद्यपि यसबारे ओली पक्षले अहिलेसम्म मुख खोलिसकेको भने छैन ।
हिजो साँझ ओलीले आफूनिकट नेताहरुसँग अब कसरी जाने भनेर परामर्श गरेका थिए । सो अबसरमा उनलाई विभिन्न विकल्पबारे सुझाइएको स्रोतको भनाई छ । बेलुकीको छलफलमा मुुख्यतः तीन खाले बिकल्पबारे चर्चा भए–स्रोत अगाडि भन्छ–स्थायी कमिटीले राजीनामा माग्यो भने राजीनामा दिएर बस्ने वा कोभिड संक्रमण नियन्त्रणका नाममा सेना परिचालन गर्ने वा पूर्व माओवादी पक्षलाई पार्टीबाट अलग थलग बनाउने विकल्पमा छलफल भएको थियो ।
तर के गर्ने भनेर कसैले पनि ठोकुवा गरेनन् । ओलीले तेस्रो विकल्प अर्थात पूर्व माओवादी पक्षलाई पार्टीबाट अलग गर्न कसरी सम्भव होला भनेर चाहिं चासोपूर्वक सोधखोज गरेका थिए– स्रोतको भनाई छ । आज बस्ने स्थायी कमिटी बैठकले लिने निर्णयका आधारमा मात्रै ओलीले नयाँ कदम चाल्ने भएका छन् । स्थायी कमिटी बैठकले लिने निर्णयमा नै ओलीको राजनीतिक भविष्य कता जाने हो भनेर निक्र्याेल हुने उनले बताए । तर ओली सजिलै मैदान छाडेर भाग्ने स्वभावका नेता भने होइनन्, त्यसैले जे हुन्छ कडै हुन्छ– ती नेताले भने ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार