प्रधानमन्त्री पद जोगाउन ‘संकटकाल’ लगाउन सक्छन ओली
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १८:३६:१२
१७ असार, काठमाडौं । पार्टीभित्रैबाट एकैस्वरमा राजीनामा माग्न थालिएपछि नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पद संकटमा छ । पार्टीको सर्वशक्तिमान सचिवालय, स्थायी समिति, केन्द्रीय समितिमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई अब पार्टीको निर्देशन बेवास्ता गर्दा पद जोगाउने एउटै उपाय संकटकाल हो । प्रधानमन्त्री ओलीको संसदीय दलमा मात्र बहुमत रहेकाे छ ।
पछिल्लो समय पार्टीबाट चौतर्फी आक्रमण बढेपछि प्रधानमन्त्री ओलीको आश भरोसा राष्ट्रपति विद्या भण्डारीमाथि मात्रै छ । मंगलबार स्थायी समिति बैठक चलिरहँदा पनि उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । सम्भवतः उनले दुई तिहाई बहुमतको आडमा बनेको सरकार टिकाउन संकटकाल लगाउने तयारीबारे सोच्दैछन ।
पार्टीले राजीनामा दिनुपर्ने बहुमतले निर्णय गरेर प्रधानमन्त्री पदबाट राजीनामाकाे निर्देशन दिने संभावना अधिक छ । त्यसो हुँदा ओलीलाई पद छाड्नुको विकल्प छैन । यस्तो अवस्थामा कोरोना महामारी कारण देखाएर संकटकाल स्वभाविक हुन्छ । त्यसैले पनि ओलीले अबको सम्भावित एउटा कदमका रुपमा सेना परिचालनबारे सोच्न सक्छन ।
राष्ट्रपति र रक्षामन्त्री आफ्नै विश्वास पात्र भएकाले पनि ओलीलाई संकटकाल लगाउन त्यत्ति गाह्रो छैन । रक्षामन्त्री ईश्वर पोखरेलको समर्थन लिएर राष्ट्रपति भण्डारीबाट सेना परिचालन गराउन ओलीलाई आइतबार कुर्नुपर्दैन ।
तर यो ओलीका लागि नै घातक हुने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । पार्टीले प्रधानमन्त्री बनाएकाले पार्टीले छोड भन्दा राजीनामा दिनुको विकल्प ओलीसँग छैन । तर यत्तिकै राजीनामा दिने पक्षमा ओली छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार