अब नेकपा फुट्ने निश्चित : मैनाली
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार २०:३३:२०
१७ असार, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी अब पनि सग्लो रहला त ? धेरैलाई लाग्छ– त्यति सजिलो छैन । चालू स्थायी कमिटी बैठकमा नेताहरुले जुन रुप र शैलीमा एक अर्काप्रति आक्रोश पोखिरहेका छन्, त्यसले नेताहरु एकै थलोमा बस्ने संभावना न्यून बनाएको छ ।
कम्युनिष्ट चरित्र भनेकै गाँड कोरोकोर गर्ने हो– राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । त्यसमा पनि ठूलो हैसियत भइसकेको पार्टीमा धेरै नेता अटाउने कुरा नेपाली कम्युनिष्टको चरित्र पनि होइन । नेपालको इतिहासमै यति ठूलो शक्ति प्राप्त कम्युनिष्ट सरकार छ, तर पार्टी भित्रको अन्तद्वन्द्व चरम चुलीमा छ – डा. केसी भन्छन्– यति लामो समयसम्म कसरी एकै पार्टीमा बसे, बरु त्यो चाहिं अचम्मको विषय हो ।
स्वार्थ मिलेकाले पूर्व माओवादीलाई पूर्व एमाले अध्यक्ष केपी ओलीले टाउको लुकाउन दिएका थिए, अब परिस्थिति फेरिएको छ त्यसैले विभाजन हुनु स्वभाविक छ– उनको ठम्याई छ । ओली प्रधानमन्त्री भएको लगभग दुई वर्षसम्म प्रचण्डको आड भरोसामा एकलौटी गरेका थिए । तर जब ओलीको हतियार प्रचण्डप्रति तेर्सिन थाल्यो अनि मात्र कम्युनिष्ट चरित्र देखापरेको पनि उनले बताए ।
नेपालमा कतिवटा कम्युनिष्ट पार्टी छन्,अध्ययन गरे भइहाल्छ नि – डा. केसी भन्छन् – “दुई सय कार्यकर्ता भएपनि पार्टी प्रमुख हुने उत्कट अभिलाषा सबैमा रहने गरेको छ, त्यसैले दर्जनौंको संख्यामा कम्युनिष्ट पार्टी अस्तित्वमा रहेका छन् ।”
गएको फागुन महिनादेखि ओली पार्टीको हरेक मोर्चामा अल्पमतमा परेपछि विस्तारै विभाजनको बिजारोपण भएको ठम्याई नेकपा मालेका महासचिब सीपी मैनालीको रहेको छ । ओली जस्तो मानिसले अरुको अस्तित्व नै स्वीकार्दैनन्, त्यस्तो ठाउँमा प्रचण्डले पार्टी विसर्जन गरेकाले मात्रै अहिलेसम्म टिकेको उनको ठम्याई छ ।
जहिलेसम्म प्रचण्डले ओलीको आदेशको तामेली गरे त्यो दिनसम्म पार्टी एकताको दरकार प¥यो, अब भने ओलीलाई न त पार्टी एकतामा रुचि छ, न अरुलाई पावर शेयरिङमा नै ध्यान छ– नेता मैनाली भन्छन् । ओलीको अहंकारी सोच र प्रवृत्तिले सिंगो कम्युनिष्ट आन्दोलन प्रताडित भएको विगत स्मरण गर्दै उनी भन्छन्– सम्भावना र क्षमता भएका कोही पनि नेतालाई ओली किनारामा पार्न चाहन्छन् ।
माधव नेपाल , झलनाथ खनाल जस्ता नेताको त्यो हविगत भएको देख्दा देख्दै प्रचण्डले नेकपा माओवादीलाई ओलीको पोल्टामा राखेको परिणाम नै अहिले देखिएको हो – महासचिब मैनालीको ठहर छ । अब जति सुकै लेपन गरेपछि सिसाको भाँडो फुटिसकेको छ, टालटुल गरेर केही हुनेवाला छैन भन्दै उनले ओलीले विस्तारै प्रचण्डलाई पार्टी परित्याग गर्ने अवस्थामा पु¥याउने ठोकुवा गरे ।
पूर्व एमालेहरुलाई मिलाएर भएपनि ओलीले प्रचण्डलाई पार्टीबाट लघार्ने अवस्था आउनै लागेको छ भन्दै महासचिब मैनालीले भने– त्यसको छनक आज बिहानै बालुवाटारमा निकट नेता र मन्त्रीलाई बोलाएर दिइसकेका छन् । हिजो स्थायी कमिटीमा प्रचण्डलगायत शीर्ष नेताहरुसँग भनाभन भएपछि ओलीले आज बिहानै प्रचण्ड निकट मन्त्री र नेतालाई नडाकी छलफल गरेका थिए ।
पूर्व एमाले निकट नेताहरुको बाहुल्य रहेको उक्त बैठकमा पूर्व माओवादी निकट रामबहादुर थापा र लेखराज भट्ट सहभागी थिए । थापा र भट्ट अहिले प्रचण्ड भन्दा ओली निकट खेमामा रहेको देखिन्छ । ओलीको यस्तो कार्यशैलीप्रति राम्रो जानकारी नभएका प्रचण्ड पनि अब भने झस्किएको बुझ्न सकिन्छ । हिजोको स्थायी कमिटी बैठकमा ओलीसँग बाझाबाझ गरेपछि समीक्षा गर्न खुमलटारमा बसेको बैठकमा थापा र भट्ट अनुपस्थित थिए ।
त्यहाँ भेला भएका मध्ये उर्जा मन्त्री वर्षामान पुनले चाहिं मिलेरै जान सुझाव दिएको स्रोतको भनाई छ । तर अर्का नेता जनार्दन शर्मा र हरिबोल गजुरेल भने अब आर की पारमै जानुपर्ने पक्षमा अडिग देखिए । पुनले चाहिं यो लडार्ईंमा पूर्व माओवादी पक्ष तटस्थ बस्दा बढी फाइदा हुने तर्क दिएका थिए ।
ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने अवस्था नरहेकाले तत्काललाई ओलीसँगै सहमति गरेर जाँदा फाइदा पुुग्ने उनको धारणा रहेको प्रचण्ड निकट स्रोतको भनाई छ । तर शर्मा र गजुरेल भने अब कमानबाट तिर चलिसकेकाले पछाडि फर्कने अवस्था नरहेको बताउँदै थिए ।
प्रश्न फाइदा बेफाइदा भन्दा ओलीको दास बन्ने कि नबन्ने भन्ने चाहिं हो– नेता गजुरेलले भनेको स्रोतले जनाएको छ । पूर्व माओवादी पक्ष नै ओली कि माधव नेपालसँगको मित्रता फलदायी हुने भन्नेमा अलमलमा छ । तर ओली चाहिं पूर्व माओवादी पक्षसँग टेढिएकै हो भने कसरी जाने भन्ने विषयमा छलफल केन्द्रित गर्न नेताहरुले सुझाएका थिए ।
छलफलमा नेता गजुरेलले अब ओलीबाट पूर्व माओवादी पक्षप्रति कठोर रुपमा प्रस्तुत हुन सक्ने भन्दै सम्भावित आक्रमणको प्रतिरक्षा गर्न तयारी गर्नुपर्ने बताएका थिए । ओली पक्षले पार्टीबाट धपाउने अभिप्रायले कही ग¥यो भने कसरी सामना गर्ने भन्ने विषयमै छलफल केन्द्रित थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार