जसलाई आईजीपी बनाउँदा पनि खुशी हुने नै हुन त ?
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार ०:३६:४७
१७ असार, काठमाडौं । नेपाल प्रहरीले एक हप्तापछि नयाँ आईजीपी पाउँदैछ । वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० बर्षे सेवा हदका कारण सेवानिवृत्त हुदैछन् । बिगतमा आईजीपी बन्ने बेला प्रहरी संगठनमा ठूलो उछाल आउने गरेपनि यसपटक सुनसान छ ।
बिगतमा एकले अर्काकाे बदनामी गर्ने, उसका कमजोरी र विगतका गल्तीलाई उछाल्ने, संगठनको छविभन्दा आफ्नै स्वार्थ माथि राख्ने प्रहरी अधिकारीको प्रवृत्ति हुन्थ्यो । तर अहिले आईजीपीका दाबेदार एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दुबैजना सौहार्द ढंगबाट सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।
बुधबार ललितपुर प्रहरीको ब्यारेक उद्घाटन कार्यक्रममा सकारात्मक सन्देश दिने गरी दुबै एआईजी सँगसँगै देखिए । सँगै गाडीमा गए । सँगै गाडीबाट झरेर एउटै सोफामा बसे । जुन दृश्य हेरिरहेका अरु प्रहरी अधिकृत पनि अचम्म मानिरहेका थिए । सँगै खुशी पनि ।
बर्षौपछि नेपाल प्रहरीमा यस्तो वातावरण देखिएको हो । आईजीपी बन्नु एक हप्ताअघिदेखि नै यस्तो वातावरण बनाउनु सुखद मात्रै होइन, विरलै र साहसी काम हो । कार्यक्रम भरी मुसुक्क मुस्कुराएर बसेका दुबै जनाको सबैले प्रशंसा गरिरहेका छन ।
कार्यक्रमपछि पनि उनीहरु बाहिरिदै गर्दा पत्रकारलाई प्रतिक्रिया दिन भ्याए । दुबै जनाको एउटै जवाफ थियो- “जो बनेपनि एक जना आईजीपी बन्ने हो । मिलेर संगठन चलाउने हो । एक अर्कालाई सम्मान गरेर साथ सहयोग लिएर अगाडी बढ्ने हो । हामी दुबै जना राम्रा साथी हौँ । रिटायर्ड भएपछि पनि साथी बन्ने हो ।’
विगतमा आईजीपी बन्दा रमेश खरेल, पुष्कर कार्की र सर्वेन्द्र खनालबीच निकै रस्साकस्सी चलेको थियो । सरकारले खनाललाई आईजीपी बनाएपछि रमेश खरेलले राजीनामा दिए भने कार्कीले उनलाई खुलेर सहयोग गरेनन् ।
त्यसअघि डीआइजी नवराज सिलवाल, जयबहादुर चन्द, प्रकाश अर्यालबीच पनि उस्तै विवाद रह्यो । सरकारले शुरुमा जयबहादुर चन्दलाई आईजीपी बनायो । तर सिलवालले सर्वोच्चमा मुद्दा हाले । पछि सरकारले विवाद बढेपछि प्रकाश अर्याललाई आईजीपी बनायो । सिलवालले राजीनामा दिए भने चन्द मुर्मुरिएर बसे ।
त्यसअघि सरकारले उपेन्द्रकान्त अर्याललाई आईजीपी बनायो । तर राजेन्द्र भण्डारी मुर्मुरिएर बसे । यी तीन घटनाले नेपाली प्रहरीलाई हदैसम्म विवादित बनाएको थियो । तर अहिले एआईजी थापा र पालको सौहार्दपूर्ण व्यवहारले नेपाल प्रहरी संगठनको छवि इतिहासमै उचो बन्ने प्रहरी अधिकारीको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार