हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै केराखेती
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार ०:११:५७
१७ असार, भद्रपुर । झापाको मेचीनगर–९ स्थित थोप्लेबिरान सामुदायिक वनले हात्ती नियन्त्रणका लागि जङ्गलभित्रै फलफूलका विरुवा रोप्न थालेका छन् । स्वादिलो आहारले पेट भर्न पाएपछि जङ्गली हात्तीले अन्नको बालीमा क्षति नगर्ला भन्ने आशाले सामुदायिक वनले जङ्गलभित्रै हात्तीको खान्कीका लागि फलफूलका विरुवा रोप्न थालेका हुन् ।
विगत तीन दशकयता झापाको मेचीनगरमा जङ्गली हात्तीबाट सबैभन्दा धेरै जनधन र बालीको क्षति भएको छ । हात्तीले वर्षेनि लाखौँ मूल्यको धनमालसँगै मानवीय क्षतिसमेत पु¥याउँदै आएकाले त्यसको नियन्त्रणका उपाय अवलम्बन गर्न सामुदायिक वनको अग्रसरतामा पहिलो चरणमा केराका विभिन्न जातका तीन हजार विरुवा रोपिएको हो ।
थोप्लेबिरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालाले वन क्षेत्रभित्र र हात्ती प्रवेश गर्ने सम्भावित गौडामै फल पाकेपछि टाढासम्म मगमगाउने मालभोगलगायतका केराको विरुवा रोपिएको बताए । हरेक उपभोक्ताले दुई वटा केराका विरुवा हुर्काउनै पर्ने नियम बनाइएको छ ।
दैनिकजसो आउने जङ्गली हात्तीले गाउँ पसेर किसानले लगाएको र घरमा थन्क्याएको अन्नबाली खाएर दुःख दिन थालेपछि हात्तीलाई जङ्गलमै अलमल्याउने उपायस्वरुप बनभित्र केरा खेती गरिएको जनाउँदै अध्यक्ष कोइरालाले यसले हात्तीबाट हुने क्षति रोकिने अपेक्षा गरिएको बताए ।
सो सामुदायिक वनमा १९० हेक्टर क्षेत्रफल रहेको छ भने ५१० घर परिवार उपभोक्ता छन् । वनभित्र हात्तीको आहारका लागि चिनीचम्पा, जहाजी, मालभोग र अँठिया जातको केराका विरुवा रोपिएको छ । हात्तीले आहारका लागि केराको गुभो र फल अति मन पराउँछ । यसअघि वन समितिले हात्ती नियन्त्रणकै लागि भनेर वनभित्र १० हेक्टर क्षेत्रमा बाँस लगाएको थियो । तर बाँसघारीले हात्ती रोकिएनन् ।
“वनमा खानेकुरा नहुँदा हात्ती गाउँ पस्छ भनेर विज्ञहरुले बारम्बार बताउँदै आउनु भएको छ”, अध्यक्ष कोइरालाले भने, “जङ्गलभरी केराखेती गरेका छौँ, अब चाहीँ आहार खोज्दै हात्ती गाउँ पस्दैनन् कि भन्ने हाम्रो विश्वास छ ।”अर्को चरणमा अरू प्रजातिका फलफूलसमेत वनमा हुर्काउने समितिको योजना छ । जङ्गलमा रहने बाँदर, चरालगायतका जीवहरुलाई समेत ती फलफूल आहारा बन्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार