तनहुँमा छुट्टाछुट्टै घटनामा परी दुईको मृत्यु
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार १५:२९:५५
१८ असार, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार