बजेट अधिवेशन अन्त्य : कांग्रेसको आपत्ति, सभामुख बेखबर !
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २०:४८:४५
१८ असार, काठमाडौं । सभामुख, प्रतिपक्षी र सत्ता साझेदारसँग छलफल नगरी बजेट अधिवेशन अन्त्य गरिएकोबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मन्त्रिपरिषद बैठकले अचानक बजेट अधिवेशन अन्त्य गर्नेबारे निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद बैठकको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सचिवालयलाई पत्र लेखेकी छन । यसबारे सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि असन्तुष्ट छन । कुनै छलफल र परामर्श नै नगरी संसद अधिवेशन अन्त्य गरेकामा दुबै जनाले असन्तुष्टि जनाएका हुन ।
यसअघि बजेट अधिवेशन शुरु गर्नेबारेमा सभामुले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल तथा परामर्श गरेका थिए । तर अचानक सत्ता संकट जोगाउन संसद अधिवेशन अन्त्य गरेपछि प्रम्ख विपक्षी कांग्रेस र सभामुख पनि असन्तुष्ट बनेका छन ।
केही विधेयक तत्कालै पारित गर्ने तयारी बढेका बेला अचानक राष्ट्रपतिबाट बजेट अधिवेशन अन्त्य गर्ने पत्र पाएपछि संसद सचिवालय पनि अलमल्ल परेको छ । संसद सचिवालयका महासचिव, सभामुख अग्नि सापकोटा, विज्ञ, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि प्रधानमन्त्रीको कदमबाट असन्तुष्ट बनेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार