नेप्सेमा नकारात्मक सर्किट
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २१:१२:६
१८ असार, काठमाडौं । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका लागि कारोवार स्थगन गरेको हो ।
स्टकका अनुसार आज नेप्से ८०.४१ बिन्दु अर्थात ६.०२ प्रतिशतले ओरालो लागेर एक हजार २५६.११ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १७.९९ बिन्दु अर्थात ६.२७ प्रतिशतले ओरालो लागेको छ । कूल १४२ कम्पनीको कूल १० लाख ६१ हजार ८९० कित्ता शेयर रु ४७ करोड ६६ लाख ५४ हजार ९७१ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल ११ उपसमूह मध्ये आज सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । लगानी कोष ०.०१ ले बढ्दा बैंकिङ ८७.१४, होटल १२८.३७, विकास बेंक ७६.३५, जलविद्युत् ३४.९५, वित्त ०.०३, निर्जीवन बीमा १७८.३१, उत्पादन १२८.५२, अन्य ३१.३९, लघुपित्त ७१.२६ र जीवन बीमा ६०८.६१ ले घटेको स्टकले जनाएको छ ।
स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड छ लाख ८२ हजार १२५ बराबरको भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ५३ हजार १७५, हिमालयन डिस्टिलरी रु तीन करोड ८४ लाख ३७ हजार २६५, एनआइसि एशिया बैंक रु दुई करोड १८ लाख ३२ हजार ३५७, नागरिक लगानी कोष रु दुई करोड दुई लाख ६५६, एनएमबी बैंक रु एक करोड ९६ लाख ९० हहजार १३६ र नेपाल इन्भेस्टमेन्ट बैंकको रु एक करोड ७८ लाख ७० हजार ४७९ बराबरको कारोवार दुई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्था ८.०७, गुर्खाज फाइनान्स ३.८१, गुडविल फाइनान्स ३.३८, नेपाल पुर्नबीमा कम्पनी ३.१७, मितेरी डेभलपमेन्ट बैंक ३.०१ र स्पर्श लघुवित्त वित्तीइ संस्थाका शेयरधनीले २.१० प्रतिशतले कमाए । त्यस्तै, सोल्टी होटल १०, प्रभु बैंक ९.९२, हिमालयन डिस्टिलरी ९.२७, लाइफ इन्स्योरेन्स कम्पनी ९.१५, ग्लोबल आइएमइ बैंक ९.१३, एशियन लाइफ इन्स्योरेन्स ८.८०, नेपाल बैंक ८.४६, नेपाल लाइफ इन्स्योरेन्स ८.३३ र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.३३ प्रतिशतले गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार