ओलीका अगाडि निरिह नेकपा
कुसुम सेञ्चुरी
असार १८, २०७७ बिहिबार २२:१०:४९
१८ असार, काठमाडौं । आफूलाई लोकतान्त्रिक पार्टीको अब्बल प्रयोगकर्ताको दावी गर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता कति निरीह रहेछन् भन्ने कुराको उदाहरण पछिल्ला प्रकरणले खुलासा गरिदिएको छ । सचिवालय होस् की स्थायी कमिटी बैठक, शीर्ष नेताको पोल्टाको मकै भटमास भएको अनुभूति विस्तारै सबैलाई हुन थालेको छ ।
दुईजना नेताको बन्दी बनेको पार्टी संयन्त्रहरु केवल थपडी बजाउने दर्शकदीर्घामा परिणत भएको छ । लामो कसरतपछि बसेको स्थायी कमिटी बैठकले गतिलै निकास देला भन्ने आम नेकपा नेता कार्यकर्ताको भावना अहिले चिसोपानीले नुहाउने नियतिमा खुम्चिएको अवस्था छ ।
प्रधानमन्त्री केपी ओलीलाई दुबै पदबाट अपदस्थ गर्ने कसरत गर्न कस्सिएका नेताहरु यतिबेला आएर बिखलबन्दमा परेका छन् । ओलीलाई गलहत्याउने गरी भएका भेला र छलफललाई एकै झड्कामा शिथिल बनाइदिएका छन् ओलीले संसद् अधिवेशन अन्त्य गराएर । स्थायी कमिटी बैठकमा नेताहरु ओलीको राजीनामाको रट लगाइरहेका थिए, उता ओली भने नयाँ तिकडम भिडाउन कस्सिए । त्यसैले नेताहरु ओलीको झाँको झार्न घोक्रो सुक्ने गरी भाषण गर्दै गर्दा ओलीले भने मन्त्रिपरिषद बैठक बोलाएर संसद् अधिवेशन अन्त्य गरिदिए ।
अनि बल्ल शीर्ष नेताहरुले चाल पाए ओलीलाई चलाउनुको मूल्य । ओलीको नयाँ कदमले स्थायी कमिटी केवल रमिते मात्र बन्न पुग्यो । बैठकमा जति कुर्लेपनि काम त पावरले मात्रै गर्दाे रहेछ भन्ने गतिलो उदाहरण नै बनिदिए ओली । ओलीको कदमले स्थायी कमिटी नै स्थगित हुन पुग्यो । नेताहरुमा खैलाबैला भयो । अब ओलीले के कदम चाल्लान् भन्ने खुल्दुली धेरैलाई हुनु स्वभाविक थियो ।
शीर्ष नेताहरुले ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खटाए । दुई अध्यक्षबीच आधा घण्टा जति कुरा भयो । कुरा सकारात्मक थिएन । ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश पुनः ब्युँताउने संकेत गरे । त्यसपछि उनले सबै बेलिविस्तार शीर्ष नेतालाई लगाए । ओलीको आगामी कदमको छनक पाएपछि सबैले तत्काल रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई गुहार्ने निर्णय गरे ।
सो निर्णय लिएर प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटे । भेटमा उनले पार्टीका बहुमत नेताहरुको धारणा राख्दै ओलीले पठाउन सक्ने त्यस्तो अध्यादेश जारी नगर्न आग्रह गरे । स्रोतका अनुसार, प्रचण्डको उक्त प्रस्तावमा राष्ट्रपतिले ठोस जवाफ दिइनन् । तर मन्त्रिपरिषदले गरेको निर्णयलाई आफुले लामो समय रोक्न नसक्ने संकेत भने गरेको स्रोतको दाबी छ ।
भर्खरै प्रचण्ड शीलत निवासबाट फेरि बालुवाटार फर्केका छन् । अब के गर्ने भनेर नेताहरुबीच फेरि छलफल शुरु भएको छ अर्थात स्थायी कमिटीको बैठक प्रचण्डको अध्यक्षतामा शुरु भएको छ । तर प्रधानमन्त्री ओली भने सो बैठकमा अनुपस्थित रहेका छन् । प्रधानमन्त्री निवासमै भइरहेको स्थायी कमिटी बैठकमा ओलीकै राजीनामा माग्ने निर्णय गर्नु अनैतिक हुने भन्दै प्रचण्डले बाँकी बैठक पार्टी कार्यालयमा गर्न सुझाएका छन् । यसबारे पनि आजै नेताहरुले टुंगो लगाउने सम्भावना रहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार