इटलीमा एक अर्ब डलरको लागुऔषध बरामद
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २२:४३:४४
१८ असार, एजेन्सी । इटलीमा १४ टन एम्फटमीन वर्गको कृत्रिम लागुऔषध बरामद भएको छ। त्यो परिमाणको लागुपदार्थ विश्वमै पहिलो पटक एकैचोटि फेला परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
प्रहरीका अनुसार सिरियामा भएका जिहादी समूह इस्लामिक स्टेटलाई पैसा उपलब्ध गराउन उक्त लागुपदार्थ उत्पादन र तस्करी भएको आशङ्का गरिएको समाचार जनाएको छ । सालेर्नो बन्दरगाहमा ‘क्याप्टगन’ का आठ करोड ४० लाखवटा नक्कली चक्की फेला पारिएको थियो। लागुपदार्थको बजारमा तिनको मूल्य १.१ खर्ब अमेरिकी डर पर्छ।
ती चक्कीहरू कागजका ठूला ड्रम र गीयर व्हीलमा लुकाएर कन्टेनरहरूमा राखिएको बताइएकाे छ । क्याप्टगन फेन्टाइलिन नामक कृत्रिम उत्तेजक औषधिको एउटा ब्रान्ड हो। तर लत लाग्ने भएकाले औषधोपचारमा सन् १९८० को दशकदेखि धेरै देशमा यसको प्रयोगमा प्रतिबन्ध लगाइएकाे छ ।
अहिले मध्यपूर्व र खाडी देशका सम्पन्न युवामा नक्कली क्याप्टगन लागुपदार्थका रूपमा निकै लोकप्रिय भएको बताइन्छ।सिरियाको गृहयुद्धमा सहभागी योद्धा र इस्लामिक स्टेटका लडाकुहरूले पनि डर र थकाइ भगाउन यो लागुपदार्थ प्रयोग गर्ने गरेका छन्।
सिरियामा अन्यत्रभन्दा ठूलो मात्रामा उक्त लागुपदार्थ उत्पादन हुने तथा निर्यात हुने बताइन्छ। नेपल्स प्रहरीले निकालेको एउटा विज्ञप्तिमा इस्लामिक स्टेटले चाँडै पैसाको जोहो गर्न आफ्नो प्रभाव भएको क्षेत्रमा ठूलो परिमाणमा उक्त लागुपदार्थ बनाएको आशङ्का गरिएको उल्लेख छ।
सालेर्नोमा बरामद गरिएको लागुपदार्थ पूरै युरोपको माग आपूर्ति गर्न पर्याप्त थियो। आपराधिक समूहहरूको सङ्गठन त्यसको वितरणमा संलग्न भएको आशङ्का गरिएको छ। प्रहरीले लकडाउनका बेला युरोपमा कृत्रिम लागुऔषधको उत्पादन र वितरण रोकिएको विश्वास गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार