बन्दाबन्दीमै पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट
नेपालबहस संवाददाता
असार १८, २०७७ शुक्रबार १:४२:५५
१८ असार, कास्की । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् । घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले आज पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले बहालमा बस्नेहरुलाई छुट दिएको जानकारी दिए ।
उनले छुट दिनेहरुको लगत सङ्कलन गर्ने काम चलिरहेकाले यो सङ्ख्या अझ बढी हुनसक्ने उल्लेख गरे । समितिका अनुसार घरधनीले मासिक भाडामा ५० देखि शतप्रतिशतसम्म छुट दिएका छन् । सरकारले समेत बन्दाबन्दीका कारणले प्रभावितहरुका लागि घरभाडामा सहुलियत दिन आग्रह गरेको थियो ।
समितिका निर्वतमान अध्यक्ष एवं महासङ्घका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले अहिलेको विषम अवस्थाका कारणले उद्योग, व्यवसाय तथा पेशाकर्मीहरु समेत प्रभावित भएकाले बहालमा बस्नेहरुलाई छुट दिन महासङ्घले देशव्यापी रुपमा आह्वान गरेको बताए ।
संस्थाले घरधनी तथा बहालमा बस्नेहरुबीच समन्वय र सहकार्य गर्दै आएको बताउँदै उहाँले विषम अवस्थामा धनको भन्दा पनि मनको धनी भएर घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले समेत उनीहरुलाई छुट तथा सहुलियतका कार्यक्रम ल्याउन माग गरे । कार्यक्रमका सहभागीहरुले घरधनी र बहालमा बस्ने दुवै पक्षलाई मर्का नपर्ने गरी आपसी समन्वयमा छुट दिइनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा दुई महिनाको घर बहाल रु चार लाख २५ हजार छुट दिएका पोखरा–८ पृथ्वीचोक निवासी लालबहादुर गुरुङलाई दोसल्लाबाट सम्मान गरिएको थियो । आपतविपद्को समयमा गुरुङले आफ्नो घरमा सञ्चालित होटल तथा अन्य व्यवसायको चैत र वैशाख महिनाको पूरै भाडा रकम छुट दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार