‘कपडाको झोला प्रयोग गरौँ, वातावरण सफा राखौँ’
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:२:२९
१९ असार दमौली । प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो ।
प्लाष्टिकको प्रयोगले मानिसको जनजीवनमा पनि प्रत्यक्ष असर पु¥याइरहेकाले प्लाष्टिकको झोला प्रयोग नगर्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गर्नुका साथै कपडाको झोला नमूनाको रुपमा वितरण गर्ने अभियान शुरु गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।“प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै देशभर यो अभियानले सार्थकता पाउँछ”, बरालले भने, “बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।
” बरालका अनुसार घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् । “अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”, बरालले भने । डिभिजन वन कार्यालयले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला वितरण गरेको छ । “तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”, बरालले भने ।
एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बरालको भनाई छ । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले प्लाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको जानकारी दिए । नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेकाले वातावरण संरक्षणको प्रमुख जिम्मेवारी स्थानीयवासीको भएको बताए ।
व्यास नगरपालिका–४ स्थित विरता कृष्णपुर टोल विकास संस्थाका अध्यक्ष देवीमाया गुरुङले कपडाको झोला प्रबद्र्धनमा डिभिजन वन कार्यालयले चलाएको अभियान सकारात्मक रहेको बताए । प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि टोलले पनि सचेतनामूलक अभियान चलाउने र कपडाका झोला प्रयोग गर्न उत्प्रेरणा जगाउने उनले बताए ।
११५ डस्टबिन वितरण
डिभिजन वन कार्यालय तनहुँले वातावरण सफा राख्न जिल्लाका विभिन्न टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत कार्यालयले जिल्लाका विभिन्न स्थानका टोल विकास संस्था र केही कार्यालयलाई डस्टबिन वितरण गरेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख केदार बरालका अनुसार बन्दीपुर गाउँपालिकाका विभिन्न टोल विकास संस्थालाई ६०, व्यास नगरपालिकाका दुई वटा टोल विकास संस्थालाई ४०, शुक्लागण्डकी नगरपालिकाका टोल विकास संस्थालाई १५, म्याग्देका टोल विकास संस्थालाई १० र जिल्लास्थित तीन वटा सरकारी कार्यालयलाई १० वटा डस्टबिन वितरण गरिएको छ । कार्यालयले वितरण गरेको डस्टबिनले टोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार