भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:०:८
१९ असार, डोटी । पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका राष्ट्रिय वाणिज्य बैंकलगायत निजी क्षेत्रका बैंकका शाखा कार्यालयमा सेवाग्राही चाप देखिएको छ । सेवाग्राहीको चाप बढेपछि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै यहाँका बैंक कर्मचारीले सावधानी अपनाएर रकम भुक्तानी गर्न थालेका छन् ।
असारको शुरुआतदेखि नै बैंकमा उपभोक्ताको निकै चाप बढेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर गणेश विष्टले बताए। उनले भने, “अन्य स्थानीय तहमा बैंक छैनन्, उपभोक्तका काम सरकारी बैंकमार्फत हुने भएकाले अहिले उपभोक्त समितिका पदाधिकारीका कारण लामो लाइन लाग्न थालेको हो ।” स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेहरु पनि यही समयमा राष्ट्रिय वाणिज्य बैंकमै आउने गरेका छन् । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने र कतिपयको त पालोसमेत नआउने गरेको जिल्लाको केआइसिंह गाउँपालिकाबाट योजना सम्पन्न भएको रकम लिन आएका सेवाग्राही शङ्करबहादुर ऐरले बताए ।
उनले भने, “योजनाको रकम असार महिनाभित्रै लिइसक्नु भन्ने गाउँपालिकाले पत्र काटेको छ, यहाँ बैंकमा पालो नै आउँदैन के गर्ने गर्ने अल्मलमै छौँ ।” जिल्लामा रहेका नौ वटा स्थानीय तहमा दिपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ वटा स्थानीय तहमा अहिलेसम्म पनि सरकारी बैंक स्थापना हुन सकेको छैन ।
कतिपय पालिकामा निजी क्षेत्रका बैंक स्थापना भएका भए पनि उनीहरुले गाउँमा आर्थिक कारोवार नगर्ने गरेको र उनीहरुको आर्थिक कारोवार पनि वाणिज्य बैंकबाट नै भइरहेकाले सदरमुकाममा उपभोक्ता बढी भीड लाग्ने गरेको सायल गाउँपालिका–१ का स्थानीयबासी करनबहादुर सिहंले बताए। उनले भने, “यहाँका केही स्थानीय तहमा निजी क्षेत्रका बैंक स्थापना भएपनि उनीहरुको आर्थिक कारोवार दिपायलमा रहेका सरकारी बैंकबाट हुने भएकाले गाउँमा खाता खोले पनि ठूलो रमकको चेक साट्न दिपायल आउनुपर्ने बाध्यता छ ।”
यहाँको जिल्ला सदरमुकाममा अन्य बेलाको समयमा सुनसान हुने गरे भए पनि असार शुरु भएदेखि निकै चाप रहेको दिपायल पिपल्लाका स्थानीय व्यापारी मोहन पातलीले बताए । उनले भने, “राजधानी कैलाली सारिएसँगै जिल्ला र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल प्रायः सुनसान थिए, अहिले असार लागेपछि उपभोक्ता समितिका मान्छे आएपछि चहलपहल र भीडभाड एकाएक बढेको छ ।”
जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमै आएर उपभोक्ताको भीडभाड बढेको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने, “कोरोनाका कारण लकडाउन हुँदा जेठमै सम्पन्न भएका योजनाको भुक्तानीका लागि चेक दिन सकेनौँ, अहिले अवस्था केही सहज भएकाले भुक्तानीका लागि पत्र दिन थालिएपछि भीड बढ्न थालेको हो ।” निजी क्षेत्रका केही बैंकले पालिकामा आफ्ना शाखा स्थापना गरे पनि अहिलेसम्म गाउँमा सुरक्षाको कारण देखाउँदै आर्थिक कारोवार गर्न नसकेको स्थानीयवासी बताउँछन् ।
गत वर्षको साउन महिनामै स्थानीय तहमा सरकारी बैंक स्थापना हुने भनिए पनि सुरक्षा, सडक सुविधा विद्युत्लगायत कारणले बैंक स्थापना गर्न नसकिएकोे राष्ट्रिय वाणिज्य बैंक दिपायलका मेनेजर विष्टले जानकारी दिए । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा पेन्सनधारी कर्मचारी, पालिकाका कर्मचारी, तथा स्थानीय नागरिक बैंकिङ कारोवार तथा तलबभत्ताका लागि जिल्ला र क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंकमा धाउन बाध्य भएका छन् । दिपायलमा चहलपहल बढेसँगै यहाँको व्यापार व्यवसाय पनि बढेको अमरपुष्तक भण्डार पिपल्लाका व्यापारी सर्वजित देउवाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार