दिक्तेल रुपाकोटका ९०० घर खरको छानामुक्त बनाइने
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १५:८:५५
१९ असार, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ । करिब ९०० घर गरिब परिवार रहेको सो नगरपालिकालाई आगामी दुई वर्षभित्र खरको छानामुक्त बनाउने अभियानअन्तर्गत बिहीबार ४५ घर गरिब परिवारलाई जस्तापाताको छाना हाल्नका लागि पहिलो किस्ताबापतको रकम प्रदान गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त २० तथा नगरपालिकाको तर्फबाट २५ गरी ४५ घर गरिब परिवारलाई रु ५० हजारका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको नगर उपप्रमुख विणादेवी राईले बताए । “नगरपालिकाभित्र करिब ९०० को हाराहारीमा गरिब घर परिवार रहेका छन्”, उनले भने, “आर्थिक वर्ष २०७७/०७८ मा ३३८ घर परिवारमा उक्त कार्यक्रम लागू हुनेछ ।”
प्रतिगरिब घर परिवारलाई रु ५० हजार उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्ताबापतको रु २५ हजारका दरले उपलब्ध गराइएको रकमको चेक प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हस्तान्तरण गरे । बाँकी रु २५ हजार रकम लक्षित परिवारले घरमा छाना लगाइसकेपछि मात्र प्रदान गरिने जनाइएको छ । दश हजार ५० घरधुरी रहेको नगरपालिकालाई खरको छानामुक्त अभियान शुरु गरेपछि गरिब घर परिवार पनि हर्षित बनेका छन् । नगरपालिकाले तेस्रो नगर दिवसको अवसर पारेर खरको छानामुक्त अभियान शुरु गरेपछि आर्थिक अभावमा जस्तापाताको छाना लगाउन नसकेका गरिब घर परिवार हर्षित भएका हुन् ।
नगरपालिकालाई आफ्नै कार्यकालमा खरको छानामुक्त बनाउने गरी काम शुरु गरिएको नगप्रमुख दीपनारायण रिजालले बताए । “हामी निर्वाचित भएर आउनासाथ पहिलो नगरसभाबाट गरिबका लागि छानो कार्यक्रम पारित गरिएको थियो”, उनले भने, “विभिन्न कारणले शुरुआत गर्न सकिएको थिएन । बिहीबारबाट औपचारिक रुपमा शुरुवात गरिएको छ । यो कार्यक्रम हाम्रै कार्यकालमा सम्पन्न गरिनेछ ।”
नगरपालिकाले शुरु गरेको गरिबका लागि छाना कार्यक्रम प्रभावकारी रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईले प्रतिक्रिया दिए । “जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २३ हजार घरधुरी स्थानीय बासिन्दा खरको छाना भएको घरमा बसिरहेको तथ्याङ्क छ”, उनले भने, “सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दुई वर्षभित्र सबै गरिब परिवारको घरमा छाना उपलब्ध गराउने सरकारको लक्ष्य छ ।”
पन्ध्र वटा वडा रहेको सो नगरपालिकामा यसअघि जनता आवास कार्यक्रमअन्तर्गत नयाँ आवास निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएका आठ घर गरिब परिवारलाई रकम उपलब्ध गराइएको थियो । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजनाअन्तर्गत नगरपालिकाभित्र बसोबास गर्ने १४ घर गरिब परिवार छनोट गरिएकामा नयाँ घर निर्माण सम्पन्न गर्ने आठ घर गरिब परिवारलाई एकमुस्ट रु तीन लाख पाँच हजारका दरले रकम प्रदान गरिएको हो ।
प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङमार्फत जिल्लाका दशवटै स्थानीय तहमा आवास निर्माण कार्यक्रम सञ्चालनमा छ । गरिबीका कारण ओत लाग्ने घर अभावमा छाप्रोमा बस्दै आएका नागरिकलाई प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि उनीहरु हर्षित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार