खेलकर्मी भन्छन्, ‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १७:३२:१९
१९ असार, कास्की । कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकोमा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् ।
विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेकाले नेपालमा समेत विस्तारै खेल प्रशिक्षण, अभ्यास तथा खेलकूद गतिविधि शुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
खेल गतिविधि बन्द भइरहेको अवस्थामा समेत खेलकूद पत्रकारले समाचारका माध्यमबाट खेल क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
गण्डकी प्रदेशसभा विधायन समितिका सभापति मोहन रेग्मीले प्रदेश सरकारले छिट्टै प्रदेश खेलकूद ऐन ल्याउन लागेको जानकारी दिँदै यसबाट प्रदेशका खेलाडीको क्षमता विकास र खेल गतिविधि बढाउन सहयोग पुग्ने बताए । खेल क्षेत्रमा क्रियाशील रहेकालाई प्रेरणा दिन तथा विकृति विसङ्गतिका विरुद्ध निरन्तर कलम चलाएर खेल पत्रकारले सुशासन कायम गर्न योगदान दिनुपर्ने भनाइ उनको छ ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ का कारणले विश्वनै प्रताडित भएको र यसको रोकथामका प्रयाससमेत भइरहेको अवस्थामा खेलकूद क्षेत्रजस्तै सञ्चार उद्यम र सञ्चारकर्मीसमेत प्रभावित भएको बताउँदै लामो समय खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य भएको बताए। कोरोनालाई देखाएर लामो समय देशनै बन्द गरेर बस्नुपर्ने अवस्था अन्त्य गरी सरकारले खेल गतिविधि तथा अन्य पेशा व्यवसाय सहज सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले खेलकूद प्रतियोगिता तथा खेल पूर्वाधार प्रभावित भए पनि बन्दाबन्दीकाबीचमा पोखरा रङ्गशालाभित्रको वैकल्पिक फुटबल मैदान निर्माण सम्पन्न गरिएको जानकारी दिए । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले पोखरालाई खेलकूदको शहरका रुपमा स्थापित गराउन सञ्चारकर्मीको योगदान रहेको चर्चा गर्दै ओलम्पिक कमिटीको निगरानीमा ओलम्पियनले आवश्यक सुरक्षा उपाय अवलम्बन गरी तयारी शुरु गरेको जानकारी दिए ।
पत्रकार महासङ्घका प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले कोभिड–१९ का कारणले छापा तथा विद्युतीय सञ्चारमाध्यम बन्द भएको तथा पत्रकारिता पेशासमेत अहिले सङ्कटमा परेको बताए । हालको अवस्थामा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको ध्यान नीतिगत सुधारका लागि लक्षित हुुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी, जिल्ला खेलकूदका प्रमुख प्रकाश बराल, प्रेस युनियनका जिल्ला अध्यक्ष नविन सिग्देल, प्रेस सङ्गठनका सहसंयोजक सन्देश श्रेष्ठ, मञ्चका अध्यक्ष एकराज गिरी, महासचिव विजय नेपाल, सहसचिव राजाराम पौडेललगायतले आवश्यक भौतिक दूरी कायम गर्दै व्यक्तिगत तथा समूहगत खेलका अभ्यास तथा प्रशिक्षण शुरु गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार