नेकपा भित्र सहमति होला ?
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार १८:१२:३०
१९ असार, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकले संभवतः हिजो साँझ प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई दुबै पदबाट तत्काल राजीनामा गर्न निर्देशन दिनेवाला थियो । यसबारे जानकार ओलीले बिहानैदेखि नयाँ रणनीति बनाए ।
११ बजेका लागि निर्धारित स्थायी कमिटी बैठक जारी राख्न सहमति मात्र जनाएनन् बरु बजारमा चलेको हल्ला अनुसार संसद् बैठक स्थगित गर्ने कुराको खण्डनसमेत गरे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरी यसबारे बुझ्न खोज्दा ओलीले यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले यति बोलीसकेपछि प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई यसबारे जानकारी गराए । साथै, स्थायी कमिटी बैठकमा सहभागी हुन १० बजे नै बालुवाटार पुगिसकेका थिए । विस्तारै नेताहरु आउनेक्रम जारी थियो । तर प्रधानमन्त्री ओली भने बैठक बस्नै लाग्दा शीतल निवासतिर निस्किए ।
यसबारे थप जानकारी लिन प्रचण्डले ओलीलाई फोन गरे । ओलीले सामान्य परामर्शका लागि मात्र शीतल निवास गएको भन्दै बैठक जारी राख्न अह्राए । लगभग एक घण्टापछि नेता नेपालले बैठक कक्षमा नयाँ जानकारी आयो है साथीहरु भने । प्रधानमन्त्रीले त संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्नु भएछ, अब के गर्ने भन्दै तत्कालका लागि बैठक स्थगित गरेर थप स्पष्ट हुन आवश्यक रहेको बताए । लगत्तै नेताहरुले ओलीसँग बार्ता गर्न प्रचण्डलाई भने । प्रधानमन्त्रीसँग प्रचण्डले करिब आधा घण्टा कुरा गर्दा संसद्मा बिजनेश नभएकाले अन्त्य गर्नुपरेको बताए ।
कतै फेरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन लाग्नु भएको त होइन भनी प्रचण्डले प्रश्न गर्दा ओलीले तीन चार दिन यता नल्याउने बताए । ओलीसँगको कुराकानीबारे प्रचण्डले शीर्ष नेताहरुसँग थप छलफल गर्दा तत्काल राष्ट्रपतिलाई भेटेर ओलीले अध्यादेश सिफारिश गरे नगरेको बुझ्न पठाउने निर्णय भयो । राष्ट्रपतिसँगको कुराकानीका प्रचण्डले त्यस्तो कुनै अध्यादेश नआएको जानकारी पाए । तर भोलि सिफारिश भयो भने संविधान बमोजिम चल्नुपर्ने धारणा राखेकी थिइन् ।
हतार हतार प्रचण्ड बालुवाटार फर्किएर सबै बेलीबिस्तार लगाए । त्यसपछि नेताहरु बिखलबन्धमा परे । के गर्ने नगर्ने भन्ने अन्यौल थपियो । स्थायी कमिटीबाट प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न निर्देशन दिने हो भने दल बिभाजनसम्बन्धी अध्यादेश जारी हुने अवस्था देखियो । त्यसैले नेताहरु बैठक स्थगित गरेर नयाँ रणनीति बनाउन व्यस्त छन् ।
भोलिका लागि सारिएको स्थायी कमिटी अगावै घनिभूत वार्ता गरी निकास पहिल्याउने प्रयत्न भइरहेको छ । तर दुबै पक्ष टसका मस हुने अवस्थामा छैनन् । नेकपा यतिबेला अनिर्णयको बन्दी जस्तो बनेको छ । ओलीमाथि कारबाही गर्ने हो भने पार्टी फुट्ने डर , नगर्ने हो भने ओली हैकम अझै पराकाष्ठामा पुग्ने भय । बढो असामान्यजस्य अवस्थामा पुगेको छ अहिले नेकपा ।
ओली र प्रचण्ड पक्षमा देखिएको दुबै पक्षले अडान नछाड्ने हो भने अब नेकपालाई फुट्नबाट कसैले जोगाउने अवस्था छैन । यद्यपि दोस्रो तहका नेताहरु भने नेताहरुबीचको कटुता र बैमनस्यता दूर गर्न कसरत गरिरहेका छन् । तर अवस्था भने उनीहरुको प्रयत्नले नियन्त्रणमा लिने भन्दा धेरै पर पुगिसकेको छ ।
आज बिहानैदेखि कृषि मन्त्री घनश्याम भूषालले पार्टीका दोस्रो तहका नेताहरुलाई भेला गराएका छन् । दुबै खेमामा विभक्त नेताहरु सहभागी बैठकले दुई अध्यक्षबीच थप सम्बाद गरेर पार्टी विभाजनबाट जोगिनुपर्नेमा जोड दिए । तर कुन बुँदामा मिल्ने भन्ने विषय चाहिं उक्त भेलाले पनि सुझाउन सकेन । त्यसैले नेताहरुबीच जति सम्बाद भएपनि मिल्ने अवस्था चाहिं देखिंदैन । बरु दुबै पक्षले सहमति गरेरै पार्टी विभाजन गर्दा राम्रो हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार