शीतलनिवासमा प्रचण्ड, ओलीसँग फेरि झुके !
नेपालबहस संवाददाता
असार १९, २०७७ शुक्रबार २३:१४:५२
१९ असार, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन घण्टा छलफल गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन । ओलीसँगको निर्णायक वार्ता पनि निष्कर्षविहिन भएपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन ।
बालुवाटारमा ओलीसँगको वार्ता आफ्नो पक्षमा नभएपछि विवाद समाधानका लागि मध्यस्तता गरिरहेकी राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड शीतलनिवास पुगेको नेताहरुले बताएका छन । ओली र प्रचण्डको विवादमा जहिल्यै राष्ट्रपति भण्डारी बीचमा बसेर मध्यस्तता गर्ने गरेकी छन ।
यसअघि अध्यादेश ल्याउँदा पनि प्रचण्ड शीतलनिवासमै बसेर ओलीसँग झुक्न बाध्य भएका थिए । जबर्जस्ती ल्याएको दल विभाजनसम्बन्धि अध्यादेश फिर्ता गराएपनि प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा गराउन प्रचण्ड असफल भएका थिए ।
यसपटक पनि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गराउन भरमग्दुर प्रयास गरेका प्रचण्ड सफल हुने संकेत देखिएको छैन । ओलीले आफूमाथि आउन सक्ने सम्भावित खतरा मानिएको संसदको बजेट अधिवेशन नै अन्त्य गरिदिएका छन । जसले पार्टीको निर्णय नमाने प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको योजना पनि सफल भएन ।
यसपटक पनि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिने छाँट देखाएका छैनन् । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीना माग्ने सदस्यको बहुमत पु¥याएका प्रचण्ड ओलीका सामु फेरि निरीह देखिएका छन ।
ओलीको अडान बुझेर शीतलनिवास पुगेका प्रचण्ड फेरि राजनीतिक सहमति गरी झुक्ने संकेत देखिएको नेताहरुले बताएका छन । ओलीले बरु अध्यादेश ल्याएर पार्टी फुटाउने तर पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा नदिने अडान दोहो¥याएपछि प्रचण्ड नै झुक्नुपर्ने अवस्था सिर्जना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार