निजी विद्यालयबाट शुल्क नउठाउन प्याब्सनको आग्रह
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार ०:१९:४१
१९ असार, काठमाडौं । पछिल्लो समय निजी विद्यालयको शुल्क विवाद बढेपछि सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले नयाँ सर्कुलेसन जारी गरेको छ । अनावश्यक रुपमा शुल्क लिन थालेपछि प्याब्सनले जथाभावी शुल्क नउठाउन मातहतका विद्यालयलाई निर्देशन जारी गरेको हो ।
प्याब्सन अध्यक्ष टीकाराम पुरीले सरकारको नीति विपरित शुल्क उठाए कारबाही भोग्नुपर्ने भन्दै सीमामा रहेर स्पष्ट कारण खुलाएर मात्रै शुल्क उठाउन भनेका हुन । सरकारसँग संवाद गर्ने काम भइरहेकाले अब चाँडै शुल्कको विवाद सकिने गरी समाधान हुने पनि उनले विश्वास व्यक्त गरे ।
साथै प्याब्सनले सरकारले आफूहरूको माग पूरा नगरे पठनपाठन ठप्प पार्ने चेतावनी दिएको छ । भर्चुअल कक्षामार्फत पठनपाठन भइरहेको भन्दै प्याब्सन अध्यक्ष पुरीले सरकारले माग पूरा नगरे अनलाईन कक्षा पनि बन्द गर्ने चेतावनी दिएका हुन ।
यसअघि पनि निजी विद्यालयले पटक पटक शुल्क उठाउन खोज्दा सरकारले नउठाउन भन्दै आएको र वार्तामार्फत समस्या समाधान गर्ने बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार