प्रदेश नं. २ को ‘प्रोभिन्सियल प्रोफाइल’ सार्वजनिक
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार ०:२५:७
१९ असार, जनकपुरधाम । प्रदेश नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र ‘प्रोभिन्सियल प्रोफाइल’ सहित चारवटा पुस्तक आज सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित एक कार्यक्रम बिच नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गरेका हुन् ।
आज सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदन रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भने, ‘ तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन, त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको छ यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। उनले भने,‘ प्रदेश सरकारको यो पहिलो प्रयास हो , अगामी दिनमा यस लाई अझै परिस्कृत गरिने छ । कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार