बनैनियाबाट लागुऔषधसहित दुई पक्राउ
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार १:२३:५१
◊ धीरुभाइ
१९ असार, सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको राजगढ गाउँपालिका २ बनैनिया स्थित भारतबाट नेपालतर्फ प्रदेश २–००१–००१ प. ५३९४ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आउँदै गरेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले राजगढ गाउँपालिका २ बनैनिया स्थित भारतबाट नेपालतर्फ प्रदेश २–००१–००१ प. ५३९४ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई आउँदै गरेको अवस्थामा लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ ।
उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी बरामद गरिएको छ । सशस्त्र प्रहरी वेश क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले बिहीबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार