पाण्डेयको हत्या भएको खुलासा, दुईजना जेल चलान
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार २०:३४:४५
२० असार, स्याङ्जा । एक महिना अगाडी भीरबाट लडेर मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको खुलासा भएको छ । पिकनिक खाएर फर्कदै गर्दा भीरबाट लडेर मृत्यु भएको भनिएका गल्याङ् नगरपालिका ४ का ३२ बर्षिय पदमप्रसाद पाण्डेयको हत्या भएको खुलेको हो ।
घट्ना लगत्तै वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेको नेतृत्वमा घट्नास्थल र संलग्नको अनुसन्धान थालेपछि दुईजनामा हत्याको आरोप लागेको थियो । प्रहरी निरिक्षक घिमिरेको लामो अनुसन्धानपछि हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पूर्पक्षका लागि जेल चलान गरेको छ । पाण्डेयको हत्याको आरोप लागका स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।
गत जेठ २१ गते साथीहरुसँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । पिकनिकमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो । अनुसन्धानबाट हत्यामा दुईजनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानपछि न्यौपानेद्धयलाई जिल्ला अदालतले जेल चलान गरेको हो ।
पिकनिकमा मादकपदार्थ सेवन र पाण्डेसँग न्यौपानेको लेनदेन रहेकाले झगडा शुरु भएपछि हात हालाहालको सिर्जना हुँदा उनी घाइते भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घाईते भएका पाण्डे मृत अवस्थामा फेला परेका थिए । मृतक पाण्डेकी श्रीमतीले घटना रहस्यमय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन ।
गल्याङ सेतीबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डेको शव मृत अवस्थामा फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार