आँखा
नेपालबहस संवाददाता
असार २०, २०७७ शनिबार २३:३२:५१
आर्डी भट्ट
भट्टसेरा, बैतडी । हाल बुद्धनगर, काठमाडौं, नेपाल ।
असार १३, २०७७
आँखा-बोल्छ मनको भाका
कहिले देख्न चाहेको मात्र देख्छ
कहिले नदेखिने पनि देख्छ
त्यति सानो आँखा
यति ठूलो संसार अटाउँछ
कहिले अँध्यारोमै झलमल्ल देख्छ
कहिले प्रकाशपुन्जमा तिल्मिलाउँछ र बन्द हुन्छ
आँखा
सुन्दरताको प्रतीक हो
सम्बन्धको जोडाइ हो
अध्ययनको आधारशीला हो
सूचनाको संवाहक हो
हिमालको चमक हो (मयुरको नाच हो
गुलाफको रङ हो-इन्द्रधनुषको मोहकता हो …
आँखाको सुन्दरता स्वप्नरसको मुग्धता पिलाउने आधारशीला हो ।
हामी जोडिन्छौँ
संसारको भव्यता सित
हिजोको सभ्यता सित
भोलिको कल्पना सित
मनको बिचलन, तनको छटपटी
बस ख्याल गरौ त्यही नयन हो कपटी
तिमी प्रेमिल हुन्छयौ – तिमी भ्रमित हुन्छौ ।
पहिला तिम्रो आँखामा ठोकिन्छ
नशाको हाइवे भएर दिमागमा पस्छ
आँखा-आँखा एक भएर सधैँ त्यहीँ बस्छ
आँखाको मादकता, मोहकता अनि विशालता
सृजनाको आधार हो – प्रगतिको जड हो !
लोभी, पापी, प्यासी अनि लालची आँखा
विध्वंसको बीऊ हो, विनाशको कारक हो !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार