मानवीय त्रुटीका कारण साइबर अपराध बढ्दै
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १४:३१:२३
२१ असार, काठमाडौं । विश्वमा प्रविधिको प्रयोगले मानिसको दैनिकीलाई निकै सहज बनाए पनि सावधानी अपनाउन नसक्दा अपराधका घटनाहरू बढ्दै गएका छन् । लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध पनि बढ्दै गएको विज्ञहरूले बताएका छन् ।
साइबर अपराध प्रविधिको प्रयोगमा सावधान हुन नसक्दा अधिकांश मानवीय त्रुटिको कारण नै हुने गरेको विज्ञहरूको भनाइ छ । साइबर अपराध विज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानवीय त्रुटीको नै सबैभन्दा ठूलो कारण रहने बताए । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर अपराध बढेको उनले बताएका छन् । उनका अनुसार करिब ९५ प्रतिशत साइबर अपराधहरू मानवीय त्रुटीका कारण हुने गरेका छन् ।
कर्पोरेट संस्थाहरू पहिले पनि यस्ता साइबर आक्रमणहरू देखिने गरिए पनि पछिल्लो समयमा भने देशमा सरकारी र वित्तीय संस्थाहरूमा पनि साइबर आक्रमण बढ्दै गएको उनको अनुभव छ । ठूला संस्थाहरूमा भएका आक्रमण मात्रै जानकारीमा आउने तर व्यक्तिगत र साना संस्थामा भएका गतिविधि अझै छायाँमा भएको उनको बुझाइ छ । साइबर आक्रमणले साना संस्थाहरूलाई पनि उत्तिकै प्रभाव पारेको छ । आफूले कस्तो प्रविधि प्रयोग गरिरहेको छु र त्यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भनेर थाहा नहुँदा र वास्ता नगर्दा यस्तो घटनाहरू धेरै घट्ने गरेको उनले बताए ।
प्रविधिको प्रयोगकर्ताहरू प्रविधिलाई कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भन्ने बारेमा मात्र नभइ साइबर अपराधको विरुद्ध कहाँ गएर रिपोर्ट गर्ने, कस्तो खालको एक्सन लिने भन्ने विषयमा पनि अनविज्ञ नै रहेको उनले बताए । साइबर अपराधीहरूले प्रोत्साहन पाइरहनुमा प्रयोगकर्ताहरूलाई जानकारीको कमी नै मुख्य कारण हो ।
प्रविधिको पहुँच बढेसँगै दैनिकजसो प्रयोग गरिने मोबाइल एप्लिकेसनहरू पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा ह्याकरहरूले सानो सानो जानकारीहरू पनि सजिलै पाइरहेका छन् । “ह्याकरले ह्याक गरेको भन्दा नि जानकारीका अभावमा त्यसलाई हामीले नै पहुँच दिएका हो,” उनले भने, “साइवर आक्रमण न्यूनीकरण गर्नको लागि सबैभन्दा सुरुमा प्रयोगकर्ता नै सचेत हुनुपर्छ अनि प्रविधिको भर पर्ने भन्दा पनि प्रविधिको प्रयोगलाई सुरक्षित गर्नुपर्छ ।”
साइबर आक्रमणबाट बच्नको लागि आफूले प्रयोग गरिरहेको प्रविधिको समयसमयमा सुरक्षा परीक्षण गरिरहनुपर्ने कोइराला बताउँछन् । सानो होस् या ठूलो हरेक संघ संस्थाहरूले आफ्नो छुट्टै प्रविधि गाइडलाइन बनाउने, कम्पनीको आईटी अडिट गर्ने काम गर्न उनको सुझाव छ । कारोबार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार