कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १५:२२:१६
२१ असार, पोखरा । नेपाल मुद्रण उद्योग महासङ्घ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गरे ।
कार्यक्रममा थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन तथा यातायात क्षेत्रमा अझ बढी प्रभावित बनाएको बताए । सरकारले धरासायी बनेको पर्यटन क्षेत्रमा आर्थिक प्याकेजसहित राहत दिनुपर्ने उनले उल्लेख गरे ।
नेपाल मुद्रण महासङ्घका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण उद्योग व्यवसायीलाई कोभिड–१९ बाट परेको समस्या र समाधानका लागि अर्थमन्त्रीसमक्ष ध्यानाकर्षण गराइएको बताए । मुद्रण उद्योग सङ्घ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीको आवाजलाई केन्द्रबाट स्थानीय तह र स्थानीय तहबाट केन्द्रसम्म पु¥याउन गोलबद्ध रहनका लागि संस्था स्थापना भएको जानकारी गराए। उक्त अवसरमा मिस कल्चर–२०२० विजेता प्रतीक्षा बाँस्तोलालाई सम्मानपत्र तथा खादा लगाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार