यसरी तयार भयो महाअभियोगको कथा
कुसुम सेञ्चुरी
असार २१, २०७७ आइतबार १८:५१:१
२१ असार, काठमाडौं । सत्तारुढ नेकपाभित्रको घर झगडाले अब देशको सम्मानित निकायसमेत विवादको भुमरीमा तानिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई दुवै पदबाट राजीनामा दिन पार्टी नेताहरुले चर्काे दवाव दिएपछि विकसित घटनाक्रममा राष्ट्रपति पनि विवादमा तानिएकी हुन् ।
हिजो साँझ मन्त्रिपरिषद बैठक डाकेर ओलीले परिस्थिति बिषम रहेको भन्दै आफूलाई हटाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी भइरहेको अवस्थामा मैले वाई वर्ड, बाई स्टेप जवाफ दिनुपरेको छ भने । साथै, सबै मन्त्रीलाई आफ्ना कित्ता क्लियर गर्नसमेत चेतावनी दिए ।
यसको अर्थ मन्त्रीहरुले या त ओलीसँग छु भन्नु प¥यो, या राजीनामा दिनु प¥यो । ओलीले यस्तो षडयन्त्रको खुलासा गर्दा तीन दिन अगाडिको घटनाक्रमसँग जोडिनु पर्छ । जारी स्थायी कमिटी बैठकमा ओलीले दुबै पदबाट तत्काल राजीनामा दिनुपर्छ भन्ने आवाज बुलन्द पारिएकै बेला नयाँ परिस्थिति तयार भयो । ओलीले आफूविरुद्धको मोर्चाबन्दीलाई निस्तेज पार्न संसदको चालु अभिबेशन नै अन्त्य गर्ने निर्णय गरे । मन्त्रिपरिषदको बैठक बढो होशियारीपूर्वक गरिएको थियो । साथै, नेताहरुलाई यस्तो निर्णय नगर्ने बचन दिएका ओलीले हठात् निर्णय गराए । निर्णय भएको एक घण्टामै राष्ट्रपतिले बिजुली गतिमा अनुमोदन गरी संसद सचिवालयमा सूचना पठाइन् ।
राष्ट्रपतिलाई नियन्त्रण नगर्ने हो भने ओलीले जे पनि गर्न सक्छन्, के गर्ने ? वरिष्ठ नेता झलनाथ खनालले यस्तो प्रश्न तेस्र्याए । यसबारे धेरै कोणबाट छलफल भए । यसैक्रममा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठले सुुझाए– प्रभावकारी अस्त्र भनेको महाअभियोग नै हो । हाम्रा कुरा नसुन्ने हो र ओलीको कठपुतली मात्रै बन्ने हो भने महाअभियोगमा जाऔं ।
यति भईसक्दा जारी स्थायी कमिटी बैठकमा हंगामा मच्चियो । बैठक तत्काललाई स्थगित गरी नेताहरुले ओलीलाई भेटे ।अर्का अध्यक्ष पुष्पकमल दाहाललाई यसको जिम्मेवारी दिइयो । ओलीसँगको भेटमा भएका कुराकानीले अर्काे संशय पैदा भयो । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फेरि जारी गरिंदैछ भन्ने हल्ला व्यापक भयो । त्यसले अत्याएका नेताहरुले राष्ट्रपतिलाई चुुनौती दिनैपर्ने ठहर गरे । यसका लागि कुरा गर्न प्रचण्डलाई शीतल निवास पठाइयो । राष्ट्रपतिले त्यस्तो अध्यादेश नआएको जानकारी दिइन्, तर आएको अवस्थामा संविधान बमोजिम आफ्नो भूमिका मात्र रहने भन्दै ओलीको कदमलाई साथ दिने संकेत गरिन् ।
यसले नेताहरुलाई अझै झस्कायो । सोही साँझ प्रचण्डले आफ्नाे निवासमा सचिवालयका छ जना सदस्यलाई डाके । अब कसरी अगाडि बढ्ने भन्नेमै छलफल केन्द्रित रह्यो । प्रधानमन्त्रीका हरेक गलत कदमलाई राष्ट्रपतिले फास्टट्रयाकमा अनुमोदन गर्ने प्रवृत्तिले नयाँ बहसको थालनी भयो । यो अवस्थामा कसरी जाने सबैको चिन्ता थियो । राष्ट्रपतिलाई नियन्त्रण नगर्ने हो भने ओलीले जे पनि गर्न सक्छन्, के गर्ने ? वरिष्ठ नेता झलनाथ खनालले यस्तो प्रश्न तेस्र्याए । यसबारे धेरै कोणबाट छलफल भए । यसैक्रममा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठले सुझाए– प्रभावकारी अस्त्र भनेको महाअभियोग नै हो । हाम्रा कुरा नसुन्ने हो र ओलीको कठपुतली मात्रै बन्ने हो भने महाअभियोगमा जाऔं । उनको यो प्रस्ताबले नेताहरुलाई घोत्लिन बाध्य बनायो ।
उनले आलटाल गर्ने वातावरण बनाएपछि संसद र राष्ट्रपति आफ्नो कब्जामा रहने उनको योजना खुलस्त पारे । सोही बमोजिम अगाडि बढ्ने तयारी गरियो । तर यो कुरा त्यहीं रहेकामध्येबाट कसैले ओलीलाई पु¥याई दिए । अनि ओलीलाई अझै आक्रोशित बनाइदियो । पार्टी एकता कायम गर्ने भन्दै षडयन्त्र गर्न पार्टी भित्रकै नेताहरु अग्रसर भएपछि ओलीले बाई वर्ड, बाई स्टेप ब्याटल गर्ने तयारी थालेका छन् ।
यसबारे थप छलफल गर्नुपर्ने र कानूनी परामर्शबाट मात्रै अगाडि बढ्ने निश्चयका साथ नेताहरु घरतिर लागे । पूर्व एमाले पक्षधर नेताहरु निवास हिंडेपछि पूर्व माओवादी नेताहरु फेरि गफिन थाले । नारायणकाजीले आफ्नो प्रस्तावलाई अझै व्याख्या गर्दै भने – विद्यादेवी भण्डारीमाथि महाअभियोग लाग्नेवित्तिकै उनी निलम्बनमा पर्छिन् । त्यसपछि कार्यबाहक राष्ट्रपतिको भूमिकामा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन रहने छन् ।
महाअभियोगबारे छलफल गर्ने संसद बैठक कहिले बोलाउने भन्ने निर्णय सभामुख अग्निप्रसाद सापकोटाले गर्ने हुन् । उनले आलटाल गर्ने वातावरण बनाएपछि संसद र राष्ट्रपति आफ्नो कब्जामा रहने उनको योजना खुलस्त पारे । सोही बमोजिम अगाडि बढ्ने तयारी गरियो । तर यो कुरा त्यहीं रहेकामध्येबाट कसैले ओलीलाई पु¥याई दिए । अनि ओलीलाई अझै आक्रोशित बनाइदियो । पार्टी एकता कायम गर्ने भन्दै षडयन्त्र गर्न पार्टी भित्रकै नेताहरु अग्रसर भएपछि ओलीले बाई वर्ड, बाई स्टेप ब्याटल गर्ने तयारी थालेका छन् ।
ओलीको यस्तो तयारीले शीर्ष नेताहरु अलमलिए । साथै, राष्ट्रपतिलाई स्पष्टीकरण दिन तीनै जना नेताहरु प्रचण्ड, झलनाथ र माधव नेपाल शीतल निवास गए । उनीहरुले राष्ट्रपतिलाई स्पष्टीकरण दिएपनि त्यसको अर्थ छैन । किनभने उनले पत्याउने भनेकै ओलीका कुरा हुन् । जसले गर्दा नेकपालाई विभाजनको डिलबाट ओराल्ने अवस्था तत्काललाई चाहिं देखिएको छैन । तर राजनीति भनेको संभावनाको खेल हो । त्यसैले केही पनि ठोकुवा गर्ने अवस्था चाहिं छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार