बाजुराको बाउलीमा बाढी आउँदा बस्तीमा ठुलो क्षति
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २०:२६:५
२१ असार, बाजुरा । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पुर्याएको छ । बडिमालिका नगरपालिका मार्तडी हँुदै बग्ने बाउली खोलाले गड्खेत, सेलाघाट र रापकसम्मका क्षेत्रमा क्षति पुर्याएको हो । बडिमालिका–९ सेलाघाटमा २० परिवारको रोपेको धान पूर्ण रुपमा बगाएर क्षति पु¥याएको छ भने गचे थापाको घर जोखिममा पारेको बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्टले बताएका छन् ।
बाउली खोला बढेसँगै आसपासको बस्ती जोखिममा परेका छ । सो क्षेत्रका वारिपारि किनारामा रहेका खेत सबै बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बूढीगङ्गा नदी किनारका बस्ती जोखिमपूर्ण बनाएको स्थानीयवासीले बताएका छन् । खारगाड र बाउली खोलाले बडिमालिका–९ का उखाडी, चौराटा र सेलाघाटमा रहेका केही बस्तीसमेत जोखिममा परेको बडिमालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताए ।
यस्तै लगातारको वर्षाले बाजुराका त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरा जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा छ । पुलमाथि पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी मोहन बिष्टले बताए । बूढीगङ्गा नदीले बाजुराका द्वावारी र तिपाडा तथा अछामका साँफेबगर, बुढाबगरलगायत विभिन्न ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।
त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानयीवासीले बताएका छन् । वाईवाधु जोड्ने, गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत जोखिममा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार