पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगकाे आग्रह
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २०:५६:२६
२१ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पीसीआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई पुनः आग्रह गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको अवस्थामा उपत्यकाका ढलहरुमा समेत कोरोना भाइरस भेटिएको भन्ने सञ्चारमाध्यममा सार्वजनिक भएकाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घसँगको सहकार्यमा देशभर कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अवस्थाको अनुगमन गरी अनुगमनबाट प्राप्त तथ्यका आधारमा यसअघि पनि पीसीआर परीक्षण बढाउन तथा क्वारेन्टाइनहरू व्यवस्थित गर्न पटकपटक सरकारलाई आग्रह गर्दै आएको स्मरण आयोगले विज्ञप्ति मार्फत् गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
रास्वपाका नेता जोडिएको हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध पनि मुद्दा नचल्ने
बैशाख ५, २०८१ बुधबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार