वर्षात्ले गाउँका सडकको बिजोग, बिरामी र सुत्केरीलाई सास्ती
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार २१:३८:२२
२१ असार, डोटी । दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ । बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ । जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र चवराचौतारा सडक अवरुद्ध भएका छन् ।
जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन् । वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी रतन ऐरले जानकारी दिए ।
सडक ग्रेड नमिल्ने गरी साँघुरो खनिएको स्थानीयवासीको आरोप छ । यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का डिलबहादुर सिंहले बताए । उनले भने, “उपभोक्ता समितिले मनपरी ढङ्गले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ ।” यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ ।
हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेश्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भइहाल्छ ।” यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिम छ । विनामापदण्डका ग्रामीण सडकमा ठूल्ठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।
बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका काँग्रेस नेता खडकबहादुर बोहराले बताए । उनले भने, “सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ ।”
जिल्ला समन्वय समिति, वडा कार्यालय र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० करोडभन्दा बढी खर्च यी सडकमा हुने गरेको छ । ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्ग र अति जोखिममा परेका छन् । वर्षा शुरु भएसँगै जिल्लाका ग्रामीण भेगका अधिकांश सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरीले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताए ।
उनले भने, “गाडीमा चढेको बानीले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी पर्याे कि बोक्न समस्या हुन्छ ।” डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पुर्याउने होडबाजी चलेको छ । विगतमा नेताहरुले जनतासँग सडक पुर्याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पुर्याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार