योजना अनुगमन गर्न समन्वयको टोली गाउँगाउँमा
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १३:४३:२२
२२ असार, सिंजा । जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । उनका अनुसार एक इञ्जिनीयरसहित चार ओभरसियर र समन्वय समितिका जनप्रतिनिधिको टोली गाउँमा पुगेको छ ।
प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेका हरेक विकास योजनाको अनुगमन भइरहेको छ । समन्वय समितिका उपप्रमुख बुढाले भने, “हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौँ । समयाभावका कारण जान सकेका छैनन् ।”
यहाँको कृषि कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार माताहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको उपप्रमुख बुढाले बताए । अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ ।
अनुगमनपश्चात समग्र विकास गतिविधिको प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई पठाइने छ । समन्वय समितिका प्रमुख लालबहादुर सार्की हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताए । पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न गराइँदैन तैपनि अनुगमनका लागि टोली गाउँमा पुगेको प्रमुख सार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार