होटल क्वारेन्टाइनको प्रयोग कम
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १४:४१:१४
२२ असार, काठमाडौं । सरकारले विदेशबाट आएका नागरिकलाई व्यवस्थित तरिकाले होटल क्वारेन्टाइनमा राख्ने प्रावधान गरे पनि होटलमा बस्नेको सङ्ख्या असाध्यै न्यून रहेको छ । विदेशबाट आएका अधिकांश आ–आफ्नै पालिकाले व्यवस्था गरेका क्वारेन्टाइनमा बस्न गएका कारण होटलमा बस्नेको सङ्ख्या कम भएको हो ।
कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले असार पहिलो साताबाट स्वदेश फिर्ती गर्न सुरु गरेको हो । सरकारले विदेशबाट फर्केकालाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको थियो । बस्नका लागि होटल र पालिकाले दुवैले व्यवस्था गरेकामा क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेकामा अधिकांशले पालिकाकै क्वारेन्टाइन रोजेको पाइएको छ ।
विदेशमा पीसीआर परीक्षण गरेर आएका होम क्वारेन्टाइनमा बसेका छन् । होटल सङ्घ नेपाल ‘हान’का अनुसार विदेशबाट स्वदेश फिर्ती भएका झन्डै १५ हजारमध्ये एक हजार पाँच सयले मात्रै होटल क्वारेन्टाइनमा सेवा लिइरहेका छन् । स्वदेश फर्किने र होटल क्वारेन्टाइन सेवा लिनेको सङ्ख्या हेर्दा १० प्रतिशत हुन आउँछ । हानका महासचिव साजन शाक्यले होटल क्वारेन्टाइन लक्ष्य र उद्देश्यअनुसार प्रयोग नभएको बताए ।
उनले विदेशबाट आएकालाई व्यवस्थित रूपमा राख्नका लागि चारतारेदेखि पर्यटकीयस्तरका देशभर गरी ६२ वटा होटल व्यवस्था गरिएकामा अहिले १५ वटा मात्रै प्रयोगमा आएका र बाँकी सबै खाली रहेको जानकारी दिए । उनले भने, “हामीले जुन उद्देश्य र लक्ष्यअनुरूप देशभर गरेर ६२ वटा होटलमा क्वारेन्टाइनको व्यवस्था ग¥यौँ । त्यसअनुरूप सेवा लिन आएनन्, अहिले सबै खाली छन् । ”
उनका अनुसार यी होटलले दैनिक तीन हजार चार सय सेवाग्राहीलाई एकैसाथ सेवा दिन सक्छन् तर अहिलेसम्म त्यो सङ्ख्या एक हजार ५०० लगभग छ । हानका महासचिव शाक्यले होटलमा सेवा लिएका सेवाग्राहीले पनि १४ दिन पूरै नबसेको जानकारी दिए । केहीबाहेक अधिकांश सातदेखि १० दिनमै फर्किएको उनको भनाइ छ । सरकारले पहिलो चरणमा खाडी मुलुक तथा कामको सिलसिलामा गएर दुःखमा रहेका नेपालीलाई प्राथमिकता दिएर स्वदेश फर्काइरहेको छ ।
विदेशबाट आएकालाई सुरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमा राखिएको छ र त्यसपछि उनीहरूको रोजाइअनुसार होटल क्वारेन्टाइन वा पालिकाको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाइएको छ । होम क्वारेन्टाइनमा जानका लागि विदेशबाट आउँदा पीसीआर वा आरडीटी परीक्षण गरेको रिपोर्ट हुनुपर्छ ।
होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइनमा बस्नेले खर्च आफैँ बेहोर्नुपर्छ । खर्च बेहोर्न नसक्नेलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्ने सर्तमा पठाइन्छ । होटल व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार विदेशबाट फर्केर होटल क्वारेन्टाइनमा बस्नेका लागि दैनिक प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपियाँसम्म रकम तोकिएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीयस्तरको होटलमा निर्धारण गरिएको छ । न्यूनतम मूल्य एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो ।
एउटा कोठामा बस्न चाहने पाहुनाले न्यूनतम तीन हजार रुपियाँदेखि अधिकतम आठ हजार रुपियाँसम्म तिर्नुपर्छ अर्थात् चारतारे होटलमा एक्लै बस्न चाहने हो भने प्रतिव्यक्ति दैनिक आठ हजार रुपियाँ बुझाउनुपर्छ । होटलले बिहान नास्ता र खाना दिउँसो खाजा र साँझ खाना गरी दैनिक चारपटक खुवाउने व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधा होटलको मापदण्ड सरह हुने व्यवसायी बताउँछन् ।
सङ्घका महासचिव शाक्यले होटलमा सेवा लिएका सङ्ख्यामा पनि अधिकांश पर्यटकीय होटलमा सेवा लिएको र चारतारे होटलमा सेवा लिने असाध्यै सानो सङ्ख्या रहेको जानकारी दिए। गाेरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार