गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १५:४८:२३
२२ असार, काठमाडौं । भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ ।
भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई गरगहना परीक्षणमा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण, यस क्षेत्रमा हुनसक्ने ठगी र पछिल्लो समयमा विकास भएका प्रविधिको प्रयोगसम्बन्धी जानकारी गराइएको थियो ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहनासम्बन्धी प्राविधिक तालीम पहिलोपटक उपलब्ध गराएकामा महासङ्घको सराहना गर्दै आगामी दिनमा देशभरका अन्य कार्यालयमा प्रशिक्षणको व्यवस्था गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले विज्ञको कमीका कारण भन्सार जाँचमा जटिल समस्या आइरहेको बेला यस परीक्षण तालीमबाट समस्या समाधान हुने बताए। महासङ्घका अध्यक्ष रमेश महर्जनले देश विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यको खाँचो औँल्याउँदै तालीमबाट राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नौ कर्मचारी रहेको उक्त तालीमका प्रशिक्षार्थीद्वारा सुनचाँदी तथा गरगहना परीक्षणसम्बन्धी ठूलो ज्ञान पाएको अनुभव सुनाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार