बर्षाले अस्तव्यस्त सडक : दर्जन घर जोखिममा, जनजीवन निकै त्रसित
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २०:१२:५६
२२ असार, बाजुरा । लगातारको वर्षाले जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिराको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिराेकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो ।
साँफे–मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिक रुपमा बन्द भइरहने गरेको छ भने मार्तडी –कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ ।
बाउली खोलाले पूरै बाटाका निशाना नै मेटाएर बगर बनाएको छ भने चुथीदेखि माथिको सडकमा पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेका सवारी साधन अलपत्र अवस्थामा छन् । ट्रयाक्टर बीचमै रोकिएपछि चालकसहित सामानसमेत अस्तव्यस्त अवस्थामा छन् । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँघुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्य पदार्थ ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ ।
यस्तै मार्तडी गौमूल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाण्डौ गुदुखातीलगायत क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घर माथिबाट पहिरो बग्ने र घर भत्किनेक्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउनेबित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिक रुपमा बाटो, घर, सडक र सिँचाइ कुलो भत्किएर लाखौँ नोक्सान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाईगोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुश्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।
डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे –मार्तडी सडक मार्तडी बजार क्षेत्र नजीकै पूर्ण रुपमा क्षति भएको छ । पहिराको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताए ।
मुसलधारे वर्षाका कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखी सबैले आआफ्ना क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिइएको छ । यसैबीच मार्तडी बजार क्षेत्रभित्र दुनी हाट बजार र खेलकूद मैदान आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार