स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २१:६:१४
२२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरेका छन् ।
परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिएका छन् ।
“सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उनले भने, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ ।” हालसम्म सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दै आएका र भविष्यमा सरकारकोतर्फबाट आवश्यकताअनुसार थप कार्यक्रम गराउँदै जाने योजना लिएको जनाउँदै उनले त्यसका लागि एकजुटरुपमा यस महामारीविरुद्ध लड्न आह्वान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार