ओलीको सत्तालिप्सा र प्रचण्डको लालसा
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २१:१८:२६
सत्तामा निरन्तर रहन चाहनुलाई सत्तालिप्सा भनिन्छ भने सत्तामा पुग्न चाहाने हुटहुटी र छट्पटीलाई सत्ताको लालसा भनिन्छ । नेकपाको पछिल्लो बिवाद सत्तामा हुनेलाई त्यसमा निरन्तर हुन चाहाने लिप्सा र सत्तामा नहुनेहरूको लागि त्यसमा पुग्ने लालसा हो । यो नै बिगत लामो समयदेखि नेपाली राजनीतिमा देखिएको समस्या हो । मुलधारका राजनीतिज्ञहरू राज्यशक्तिको पहुँचमा भएतापनि सत्तालिप्सा र लालसाको यही चरित्रले लामो समयदेखि मुलुकले अविकाश र अस्थिरता व्यहोरिरहेको छ ।
वर्तमान परिस्थितिमा सत्ता र शक्तिमा परिवर्तन एवं बाँडफाँड अस्वभाविक एवं अनपेक्षित हो । नेकपाको वर्तमान विवादमा मुलुक केन्द्रमा नभएर सत्ता र शक्ति केन्द्रमा रहन पुगेको छ । सत्तालिप्साका कारण अहिले नेकपाको एकता अनिश्चित हुन पुगेको छ । दुईतिहाई मत धारण गरेका नेताहरूको दौड मुलुकको समस्या र त्यसको समाधानमा नभएर सत्ता र शक्ति कसरी हत्याउन सकिन्छ भन्ने तिर रहेको छ । अहिलेको महामारी र छिमेकसँगको कटुतापुर्ण सम्बन्धको परिस्थितिमा देशलाई केन्द्रमा राखेर चिन्तन गर्नुपर्नेमा सत्ता र शक्तिलाई केन्द्रमा राखिनु मुलुक र मुलुकबासीका लागि धोका हो ।
नेपाली राजनीतिमा विभिन्न दलहरू रहेका छन् । ती दलमा पनि गुट निर्माण र त्यसको प्रश्रय नेपालको राजनीतिको महारोग हो । मुलुकले गुटहरूको गोटीको शिकार भएर ठुलो मूल्य चुकाईरहेको छ । नेपालको राजनीतिमा दलगत मात्र नभएर गुटगत स्वार्थका कारण अस्थिरता हुने गर्दछ । एउटा गुटले अर्को गुटलाई असफल देखाउन भरमग्दुर प्रयत्न गर्ने गरेका कारण नेपालमा सधै राजनीतिक अस्थिरता भईरहेको छ । दलहरूको साध्य तथा लक्ष्य मुलुकको विकाश,उन्नति र प्रगति हुनुपर्नेमा सत्ता, शक्ति र व्यक्तिगत स्वार्थपूर्ति हुनपुगेको छ ।
व्यवस्थालाई दोष दिने, राजनीतिक चरित्र चाहिँ त्यही प्रदर्शन गर्ने गरेका कारण नेपालले विकाशको बाटो समाउन सकेको छैन । व्यक्तिगत ईच्छा आकांक्षाको परिपुर्तिका साधनका रूपमा मुलुक प्रयोग भएको छ । मुलुक व्यक्तिगत स्वार्थपुर्तिको दाउमा छ । आफ्नो निहित स्वार्थका लागि मुलुकको अस्मिता समेत बेच्न पछि नपर्ने चरित्रका रूपमा नेताहरू उदाएका छन् ।
गुटहरूमा नेकपा विभाजन हुनु नै ओली सरकार असफल देखिनुको कारण हो । साना-साना विवादमा ओली सरकार मुछिएको देखिनु गुटगत चरित्रको परिणाम हो । आफ्नै पार्टीभित्र नेताहरू गुटमा विभाजन हुनु र झिना मसिना विवादमा सरकार देखा पर्नुको जिम्मा ईतरगुट र त्यसका संचालकले लिनुपर्दछ । जसमा ईतर गुटको षड्यन्त्र जिम्मेवार रहेको छ ।अत: शासन गर्न ओली सरकार असफल होइन, असफल ती हुन जसले ओलीलाई असफल देखाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
देशी-बिदेशी शक्तिको स्वार्थ मिश्रित चासो, चलखेल र हस्तक्षेप तब हुने गर्दछ जब नेपालमा अस्थिरता हुने गर्दछ । पहिला देखिनै नेपालको सत्ता र शक्ति परिवर्तनमा वैदेशिक चासो, भुमिका र हस्तक्षेप भईआएको हो । नेपालको राजनीतिमा बिदेशी शक्तिको चासो, चलखेल, हस्तक्षेप बिगत लामो समयदेखि भईरहेका कारण अहिलेको परिस्थितिमा बिदेशी शक्तिको चासो र चलखेल भएको छैन भन्न सकिन्न । अहिले पनि नेपालमा वैदेशिक हस्तक्षेप भईरहेको छ । त्यसको जिम्मेवार तत्व भनेको नेताहरूको सत्ता प्राप्तिको लालसा नै हो ।
नेपालको समस्या व्यवस्थाको होईन व्यवहारको हो । यहाँ सँधै व्यवस्थालाई औल्याएर अस्थिरता सृजना गर्दै राजनीतिको रोटी सेक्ने गरिएको पाईन्छ । व्यवस्थालाई दोष दिने, राजनीतिक चरित्र चाहिँ त्यही प्रदर्शन गर्ने गरेका कारण नेपालले विकाशको बाटो समाउन सकेको छैन । व्यक्तिगत ईच्छा आकांक्षाको परिपुर्तिका साधनका रूपमा मुलुक प्रयोग भएको छ । मुलुक व्यक्तिगत स्वार्थपुर्तिको दाउमा छ । आफ्नो निहित स्वार्थका लागि मुलुकको अस्मिता समेत बेच्न पछि नपर्ने चरित्रका रूपमा नेताहरू उदाएका छन् ।
नेपालको राजनीतिक शब्दकोषमा मुलुकका लागि त्याग र समर्पण भन्ने शब्द नै छैन् । सबै कुरामा भरिपुर्ण भएतापनि असिमित ईच्छा, चाहाना र आकांक्षामा तृप्त नहुने पात्रमा नेपालका राष्ट्रिय नेताहरू देखिएका छन् । कार्यकर्ताहरू तिनै गुट उपगुटका नेताको देवत्वकरण र प्रभुत्वकरण गर्दै आफ्नो स्वार्थको डम्फु बजाउनमा र प्रत्येक आम निर्वाचनमा आश्वासनको पोको मतसँग साट्न माहिर छन् । अहिले आएर जनताले मुलुकको भविश्य सुनिश्चित र विकाश हुन्छ भन्ने कुरा परित्याग गर्नुको विकल्प छैन किनकि मुलुकको भविश्य पशुपतिनाथको जिम्मामा गईसकेको छ ।
पाँच बर्षको स्थिर सरकारका लागि दिएको दुईतिहाई मतको धज्जी नेकपाले उडाएको छ । राजनीतिक ताण्डव नृत्य प्रदर्शन गरेर जनताको बिश्वासलाई घात गरेको छ । मतदातालाई अर्को आम निर्वाचनसम्म आशा र आश्वासनको बन्धक बनाईएको छ । अब नेपाली मतदाताले यस्ता प्रवृति र चरित्र बोकेका पार्टी र नेताको टाउकोमा प्रहार गर्ने अठोट लिने बेला आएको छ । (लेखक पोखरेल अधिवक्ता,समाजशास्त्री र मानवशास्त्री हुन् ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार