सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २१:५५:१४
२२ असार, काठमाडौं । हरिसिद्धि बस्दै आएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले रोकिहाल्दा मोटरसाइकल वा गाडीमा ओहोरदोहोर गरेको उनले बताए । कोरोनाको त्रासका कारण धेरैले मोटरसाइकल वा गाडी रोक्नै खोज्दैनन् ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण लामो समय थुनिएको पसल अहिले खोल्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताए । सामान्य अवस्थामा सार्वजनिक सवारीसाधन पर्याप्त चल्ने हुँदा गाह्रो नभए पनि अहिले उनलाई आफ्नो निजी सवारीसाधन आवश्यकता महसुस भएको छ । सामान्य अवस्थामा पसलमा उनी र श्रीमती बस्ने गरेका छन ।
अहिले व्यापार कम भएकाले उनी मात्रै जान्छन । पाँच वर्ष पहिले नाकाबन्दीका समयमा पनि सार्वजनिक सवारीसाधन चढ्नै मुस्किल थियो । तर त्यतिबेला जो कोहीले रोक्ने गरेको उनले बताए । अहिले आफूलाई पनि कोरोना लागेका मान्छे हो कि भन्ने आफैँलाई पनि डर हुने उनले बताए । उनले भने, “अहिले हत्तपत्त कसैले रोक्नै नखोज्ने भएकाले हिँडेरै आउने जाने गरेको छु ।”
महेशजस्तै सार्वजनिक सवारीसाधन नचल्दा जोरपाटीकी अञ्जना सुवेदीलाई पनि गाह्रो भएको छ । अनामनगरस्थित एउटा निजी कम्पनीमा कार्यरत उनी सामान्य अवस्थामा माइक्रोमा आउने जाने गरेका छन । अहिले बिहान श्रीमान्सँग आउने र फर्कदा चाबहिलमा रहेको श्रीमान्को कार्यालयसम्म हिँडेरै जान्छन ।
आफ्नो ५ बजे र श्रीमान्को ६ः३० मा छुट्ने भएकाले बस्नुभन्दा हिँडेरै जाने गरेको उनले बताए । कार्यालय नजाँदा तलब काटिने भएकाले आवतजावत गाह्रो भए पनि दैनिक कार्यालय जाने गरेको उनले बताए । उनले भने, “तीन महिनाको तलब आएन, अहिले पनि काम नगरे के खानु छ र ?”
गत चैतदेखि जारी बन्दाबन्दी खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा अधिकांश कार्यालय र पसल खुलेका छन् । तर यातायातका साधन सहजरुपमा नचल्दा उपत्यकावासीलाई ओहोरदोहोरमा कठिनाइ भएको छ ।
आफ्नो निजी सवारीसाधन नभएर सार्वजनिक यातायातमै भर परेका नागरिक अहिले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कतिपय घण्टौँ हिँडेर गन्तव्य पुग्छन् । कतिपयले अरुसँग लिफ्ट माग्छन् । यातायातका साधन नचल्द कतिपय अहिले पनि काममा जान नसकेर घरमै बस्न बाध्य भएका छन् ।
यातायात क्षेत्रका अभियानकर्मी राम थापा सरकारले कि पहिलेजस्तै बन्दाबन्दी जारी राख्नुपर्ने कि निजी जस्तै सार्वजनिक यातायात खुला गर्नुपर्ने बताए । सार्वजनिक यातायातका साधन नचल्दा उपत्यकामा मध्यम र निम्न वर्गका मानिसले कष्टकर यात्रा गर्नुपरेको उहाँले बताउनुभयो । यात्रुलाई समस्या हुँदाहुँदै पनि सरकारले पर्याप्त तयारी गरेर मात्रै सवारीसाधन खुलाउनुपर्ने उनको भनाइ छ ।
सरकारले व्यवसायीको दबाबमा अरु व्यवसाय खोल्ने र यातायात व्यवसायीको दबाबकै कारणले मात्रै तयारी नगरी सार्वजनिक यातायात खुलाउन नहुने उनको भनाइ छ । उनले भने, “सार्वजनिक यातायात खुलाउँदा आमनागरिकको स्वास्थ्यमा असर पुग्छ पुग्दैन विचार गरेर र सावधानी अपनाएर खोल्नुपर्छ ।”
सार्वजनिक यातायात सञ्चालन नहुँदा एकातिर व्यवसायी, यातायातका कर्मचारी र आश्रित परिवारलाई आर्थिक समस्या भएको र अर्कातिर यात्रुलाई गाह्रो भएको राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।
चैत ११ मा सरकारले बन्दाबन्दी जारी गरेसँगै केही मालवाहक सवारीसाधन सञ्चालन भए पनि यात्रुवाहक सवारीसाधन ठप्प छन् । सवारीसाधन तीन महिनाभन्दा बढी समयदेखि थन्किएकाले मर्मतमै धेरै खर्च लाग्ने उनले बताए ।
सवारीसाधन नचलेको समयमा बैंक किस्ता, सवारीसाधनका विभिन्न करलगायतमा सहुलियको माग महासङ्घले गर्दै आएको छ । सवारीसाधन ग्यारेजबाट सडकसम्म आउने वातावरण सरकारले बनाउनुपर्नेमा उनको जोड छ । उनले भने, “हामी पनि सवारीसाधन सधैँ थन्काउन होइन सडकमा गुडाउनै चाहन्छौँ तर त्यसका लागि सरकारले चालक, सहचालकको स्वास्थ्य र हाम्रो लगानीको सुनिश्चित गर्नुपर्छ ।”
यातायात व्यवस्था विभागले स्वास्थ्य सावधानीसहित सार्वजनिक सवारीसाधन सञ्चालनका लागि खाकासहितको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको छ । कार्यविधिमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्नुपर्ने, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायतका विषय समावेश छन् ।
सवारीसाधन कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय मन्त्रिपरिषद्को बैठकले गर्ने भए पनि निर्णयपछि सवारीसाधन सञ्चालनका लागि तयारी अवस्थामा रहन व्यवसायीलाई भनिएको उनको भनाइ छ । उनले भने, “आफ्नो सवारीसाधन मर्मत गरेर चल्नसक्ने अवस्थामा राख्नु उहाँहरुको कर्तव्य हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार