शनिबार , जेठ १, २०७८

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित !

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित !

२२ असार, कालिकोट । तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो ।

निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’, उनले भने, ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने, ‘२४ घर भत्किएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय