महिलाका नाममा बढ्दै घरजग्गा स्वामित्व
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार २३:३५:३५
२२ असार, झिमरुक । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६/०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । सो अवधिमा जम्मा एक हजार ५१४ व्यक्तिले जग्गा पास गराउँदा ६० दलित महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । फागुन मसान्तसम्म एक हजार ५१४ जग्गा पास र धितो ७६२ गरेर जम्मा रु एक करोड ४२ लाख ३६ हजार ११४ राजश्व संकलन भएको मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताए ।
महिला र दलितका हकमा रु २२ लाख ८० हजार ४०८ राजश्वमा छुट भएको छ । रु ३५ लाख ३६ हजार २ सय भने लाभकर संकलन भएको उनले बताए । कोरोना संक्रमणका समयमा सरकारले थालेको बन्दाबन्दी हुनुपूर्व गत चैत १ देखि १० गतेसम्म रजिष्टे«सन राजीनामा ४९ र धितो १९ गरी ६८ वटा भएको कार्यालय प्रमुख भण्डारीले बताए ।
सो अवधिमा महिला र दलित गरी २३ जनाले राजश्वमा छुट पाएको र रु चार लाख २० हजार ९८९ राजश्व सङ्कलन भएको छ । महिला र दलितका हकमा रु ९९ हजार २३६ राजश्वमा छुट भएको छ भने रु तीन लाख ४८ हजार ६२६ लाभकर सङ्कलन भएको छ । सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै यही असार १ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको छ । अठार दिनका अवधिमा २१ महिला र दलितले आफ्नो नाममा घरजग्गा पास गराएका छन् ।
रजिष्ट्रेशन राजीनामा ३६ र धितो ४२ गरी ७८ कामबाट रु पाँच लाख ३२ हजार ४९१ राजश्व संकलन तथा रु एक लाख १२ हजार १९ महिला र दलितका हकमा राजश्व छुट भएको छ । रु एक लाख ५० हजार ६७० लाभकर सङ्कलन भएको छ । बन्दाबन्दीका समयमा कोरोनाको त्रासले गर्दा खासै सेवाग्राही नआएको उनले बताए । सो अवधिमा बैंकको धितोको काममा सेवाग्राही बढी आएको उनको भनाइ छ ।
पछिल्लो समय महिला पनि सचेत एवं चनाखो बन्दै जाँदा र आफ्नो अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ति स्वामित्व गराउनेको सङ्ख्या बढ्दै जान थालेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । महिलालाई घरजग्गा रजिष्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने र दलितले थप छुटसमेत पाउने कार्यालय प्रमुख भण्डारीले बताए ।
गत आर्थिक वर्ष २०७५/०७६ मा महिला ९२२, दलित महिला २५८, अपागंता महिला तीन र वृद्ध महिला दुई जनाले आआफ्ना नाममा घरजग्गा नामसारी गराएका थिए । सोबाट रु दुई करोड ८५ लाख ४२ हजार आठ सय राजश्व संकलन भएको मालपोत कार्यालयले जनाएको छ । महिलाको हक कायम गराउन सरकारी दस्तूरमा छुट दिने व्यवस्थाले तिनका नाममा जग्गा पास गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ ।
यसअघि जिल्लामा महिलाका नाममा जग्गा पास गराउनेको सङ्ख्या न्यून थियो । पुरुष वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रमसमेत बढेको देखिन्छ । घरघडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाका नाममा हुने क्रम बढेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार