वैकल्पिक माध्यमबाट पठनपाठन शुरु
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार २:२९:५१
२२ असार बैतडी। यहाँ वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा नआएपछि आजदेखि वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिएको हो ।
दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले वैकल्पिक सिकाइ प्रणालीअन्तर्गत रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जबाट आजदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए ।
आजदेखि हरेक दिन साँझ ६ः१५ बजेदेखि ७ः०० बजेसम्म र बिहान ८ः३० बजेदेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने छ । एक हप्तासम्म साँझको समयमा विज्ञान विषयको पढाइ हुनेछ भने बिहान ८ः३० बजे सामाजिक शिक्षाको पढाइ हुनेछ । एक हप्ता माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर कक्षा सञ्चालन हुनेछ ।
रेडियो शिक्षा कार्यक्रमबाट कोर्सको पढाइ हुने भएकाले विद्यार्थीलाई रेडियो सुनेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरिएको छ । रेडियो शिक्षा कार्यक्रममा विज्ञान विषयको कोर्स आजदेखि पढाउने भएकाले आज कक्षा १० को विज्ञान विषयको पढाइ भएको रोस्टर शिक्षक गजराज भट्टले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर वैकल्पिक सिकाइ प्रणालीअन्र्तगत रेडियो शिक्षा कार्यक्रमका विषयमा तालीमसमेत दिइएको थियो । विद्यार्थीहरु लामो समयदेखि घरमै बस्न बाध्य भएका र उनीहरुको सिकाइ प्रक्रियामा समस्या नआओस् भन्नका लागि वैकल्पिक पठनपाठनको शुरु गरिएको हो ।
गत चैतदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइ प्रक्रियामा समस्या आउने भएकाले वैकल्पिक प्रणालीबाट पठनपाठन विद्यार्थीका लागि उपयोगी हुने मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशव भट्टले बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार वैकल्पिक प्रणालीबाट पठनपाठन शुरु गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार