‘कोभिड–१९ सङ्क्रमितको उपचारमा टीसीएम विधि प्रभावकारी’
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ५:२२:४३
२२ असार, एजेन्सी । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली ‘टीसीएम’ले महत्वपूर्ण भूमिका खेलेको टीसीएम विधिबारे जानकार प्रसिद्ध एक चिकित्सकले बताएका छन् ।
परम्परागत चिकित्सा प्रणालीको विज्ञहरूको समूहले सङ्क्रमण रहेका तर लक्षण नदेखिएका र हल्का खालका लक्षण देखिएका विरामीको उपचारमा टीसीएम विधिको प्रयोग गरी उपचार गरिएको थियो भने जटिल वा गम्भीर खालका समस्या रहेका सङ्क्रमितको उपचारमा टीसीएम तथा पश्चिमी ‘आधुनिक’ चिकित्सा प्रणालीको संयोजन र परामर्शबाट उपचार गरिएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउ किङकुआनले बताए ।
कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो । उक्त उपचारका लागि बेइजिङका अन्य अस्पतालबाट १०८ चिकित्सकले सङ्क्रमितलाई सेवा प्रदान गरेका थिए । लिएका अनुसार कोभिड–१९ सङ्क्रमित १० बिरामीमध्ये सात जना बिरामी शनिबार निको भएका र यसमा टीसीएमको प्राथमिक उपचार विधिको प्रयोग भएको थियो ।
लक्षण नदेखिएका वा सामान्य विरामीको उपचारका लागि चिकित्सकले ज्वरो नियन्त्रण, सङ्क्रमणलाई प्रभावहीन पार्न विषाक्त तत्वलाई निस्क्रिय पार्न वा रगतलाई चिसो पार्नका लागि परम्परागत प्रविधिबाट बनेका चिनियाँ औषधिहरू ‘चिन्हुवा किङगान ग्रानुल, यिन्दान चेइदु ग्रानुल र हुओसिआन झेङकी क्यापसुल’ को प्रयोग गरिएको लिउले बताए ।
यसबाहेक जटिल प्रकृतिका पाँच र गम्भीर प्रकृतिका २१ सङ्क्रमितलाई टीसीएम र आधुनिक चिकित्सा प्रविधिको संयोजनबाट उपचार भएको उनले बताए।
कोभिड–१९सङ्क्रमित गम्भीर विरामीमध्ये एक जना निको भएको र तीन जनालाई कृतिम श्वासप्रश्वास सहयोग दिइएको अवस्थाबाट सामान्य अवस्थामा ल्याउन सफल भएको र एक जनालाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजन ‘ईसीएमओ’थेरेपी’बाट फिर्ता ल्याइएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार