शनिबार , जेठ १, २०७८

दिल्लीमा सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत

दिल्लीमा सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत

२२ असार, एजेन्सी । भारतको नयाँ दिल्ली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुनेको दर ७२ प्रतिशत पुगेको छ । प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमणमुक्त हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गइरहेको सोमबार बताए ।

“कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुको सङ्ख्या प्रदेशभरीमा मात्रै झण्डै एक लाख पुग्न लागेको छ, ती मध्ये झण्डै ७२ हजार सङ्क्रमणमुक्त भइसकेका छन्,” उनले भने । उनले यसलाई धेरै खुशी र सन्तुष्टिको विषयको रुपमा लिइएको पनि बताए । नयाँ दिल्ली प्रदेशमा मात्रै अहिले दैनिक २० हजारदेखि २४ हजारसम्म परीक्षण परीक्षण भइरहेको पनि उनले जानकारी दिए।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दैनिकरूपमा भइरहेको परीक्षणबाट अहिलेसम्म दिल्ली प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९९ हजार ४४४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी दिल्ली प्रदेशमा मात्रै कोरोनाभाइरसका कारण अहिलेसम्म तीन हजार ६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय