विश्वकै चर्चित ओस्कार विजेता मोरिकनको निधन
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ५:३५:४
२२ असार, एजेन्सी । विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ ।चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए ।
कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । उनले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।
“उनलाई हामीले सधैँ सम्झने छौँ, उनी हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने । उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार