किर्ते गरेको अभियोगमा वडा सचिवसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १५:२४:२५
२३ असार, लमही । किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए ।
उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने। अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन् । पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो ।
उपमहानगरपालिकाले ती किशोरी २०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीन जनालाई पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ दफा २७६ ‘किर्ते गर्न नहुने’ बमोजिम मुद्दा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार