बेँसीशहर–चामे सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १७:४:२६
२३ असार, लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
गए राति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा २०/२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताए । उनले भने, “आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले हटाउन मुश्किल भइरहेको छ ।”
कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १/२ बजेसम्म लाग्ने उहाँको भनाइ छ । पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन् ।
अविरल वर्षा भएका बेला कुनै पनि समयमा सडकका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ । यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ । त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार